अनुदान फिर्ता दिन गाउँपालिकाको आग्रह

सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउ कार्यपालिकाले अन्यन्त्र बस्न योग्य घर हुदाहुदै झुटा विवरण पेश गरी अनुदान दिनेहरुलाई फिर्ता गर्न आग्रह गरेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको गत भदौ २१ गतेको बैठकले अन्यन्त्र बस्न योग्य घर भएका तथा एक भन्दा वढि स्थानबाट अनुदान लिएकाहरुलाई फीर्ता गर्नलगाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार पुस १५ भित्र ईन्द्रावति गाउपालिकाभित्र भएका त्यस्ता ब्यक्ति तथा परीवारले जिल्ला आयोजना कार्यन्वयन ईकाई चौतारामा गएर फीर्ता गर्न आग्रह गरेको गाउपालिकाका प्रमुख प्रशासकिय  अधिकृत विनोद रोक्काले बताउनुभयो । 
यसैबीच सिम्पालकाभ्रेबाट विस्थापित भई ईन्द्रावति ४ नम्बर वडा नवलपुरको भेटेचौर आएका विस्थापितलाई पानिको अभाव हुदा घर बनाउन समस्या भएको छ ।
साविक सिम्पालकाभ्रे ५ नम्बर वडाबाट विस्थापित भएर आएकाहरुले १५ मिनेटको बाटो गा्रगिमा पानि बोकेर घरको डिपिसि गरीरहेका छन् । पानिकै अभावले करेसावारीमा तरकारी समेत फलाउन नसकेको विस्थापित भएर आएकाहरुको भनाई छ । अहिले ति बस्तिमा विजुलि बत्तःी समेत पुगेको छैन ।
वडा नम्बर ४ का अध्यक्ष जगतमान ताल्चाभडेलले  प्राधिकरणसंग ति वस्तिका  लागि ट्रान्समिटर माग गरीसकेको बताउदै समस्याको हल गर्न योजना बनिरहेको बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.