पैष १४ राष्ट्रिय सभागृहमा तामाङ्गहरुको बिशेष कार्यक्रम


बिभिन्न जात जाती भाषा भाषी रहेका हाम्रो नेपालमा सबैको आआफ्नो  संस्कार र संस्कृती रहन्छ . त्यस मध्यको तामाङ  जातीको पनी  आफ्नै भाषा साहित्य संस्कार धर्म संस्कृति रीति रिवाज परम्परा अनी रहनसहन र हेको छ . यसका साथै आधुनिक दुनियाँमा तामाङ हरुको अवस्था लगायत विभिन्न विषयमा आफ्नो अलग पहिचान बनाउँनका लागी निर्माण गर्दै आएको रेडियो कार्यक्रम ५ बर्षमा प्रवेश गरेको छ.
रेडियो कार्यक्रम ५ वर्षमा प्रवेश सँगै छोर्वाला काई बार्षिकोत्सब तथा मिसन समृद्द नेपालको घोषणँ सभा तयारी अन्तिम चरणामा पुगेको कार्यक्रम प्रस्तोता एवं मिसन समृद्घ नेपालका अध्यक्ष सुदिन दोङ लामाले जानकारी दिनुभएको छ . पत्रकार सम्मेलन गर्दै लामाले ५ औं बार्षिकोत्सबको तयारी तिव्र गतिमा भएको र मिसन समृद्घ नेपालको घोषण सभाको संघारमा आफूहरु पुगेको जानकारी दिनुभएको छ .
पैष १४ गते राष्ट्रिय सभागृहमा संचार तथा सुचना प्रबीधी मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्तामा कार्यक्रम हुने भएको छ .

छोर्वाला काई रेडियो घेताङ तामाङ भाषा संस्कृति धार्मिक एवं ऐतिहाँसिक महत्वलाई रेडियो कार्यक्रम मार्फत आफ्नो भाषा साहित्य संस्कार धर्मको जगेर्ना साथै रेडियो कार्यक्रम मार्फत नै समाजमा भएका आर्थिक अवस्था कमजोर भएका रोगी पीडितहरुको सहयोग एवं उनीहरुको पुन जीवनकालागि काम गर्दै आएको तामाङ भाषाको कार्यक्रम हो ७०साल देखि निरन्तर रुपमा संचालन हूदै आएको उक्त कार्यक्रम लाई संस्थागत रुपमा लैजानको लागि नै मिसन समृद्घ नेपाल को स्थपना गरी  अवका दिनमा रोगी पीडित एवं अनाथको सहयोग गर्ने हेतूले  अगाडी बढ्ने भएको छ .
कार्यक्रममा उज्यालो नेपालका प्रणयता एवं मार्ग निदे्र्रशक कुलमान घिसिङ, प्रथम नेपाली आईडल बुद्द लामा, रेडियोका स्रोता तथा समाजका विभिन्न क्षेत्रमा योगदान दिदै आउनुभएका हरुलाई  सम्मान समेत गरिन लागेको बिगत १७ बर्ष देखी रेडीयोमा कार्यरत रही आउँनुभएका लोक प्रिय नेत्र ज्योती संञ्चार समुहका  कर्म लामाले जानकारी दिनु भयो . उँहाका अनुसार कार्यक्रमको रेडीयो लोकप्रिय प्लानेट ८९.१ चौतारा सिन्धुपाल्चोक, काभ्रेपलान्चोक कोशी पारी कै एक मात्र पहीलो रेडीयो टपटाउन १०७., लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज बाह्र्बिसेबाट मन्त्रीको सम्बोधनको प्रत्यक्ष प्रसारण गर्ने योजना रहेको  छ ।.

, , ,