नेकपाले दियो प्रदेश कमिटिहरूलाई पूर्णता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ। नेकपाले यसअघि मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरे पनि नामावली सार्वजनिक गरेको थिएन । पार्टीका दुई अध्यक्षको राय लिएर महासचिव विष्णु पौडेलले केही नाम थपघट गरेर नामावली प्रकाशित गरेका हुन् ।
प्रदेश ३ मा २१७ सदस्यीय कमिटी बनेको छ । जसमा नेकपा एमालेका ११६ र माओवादी केन्द्रका १ सय १ जना कमिटीमा परेका छन् ।
नेकपा प्रदेश नम्बर ३ मा सिन्धुपाल्चोक बाट प्रतिनिधित्व गर्ने नेकपाका नेता हरुमा केदार क्षेत्री ,  सुभाष कर्माचार्य ,डम्बर अर्याल ,हस्त पण्डित, कृष्णराज श्रेष्ठ, सोम सापकोटा , भगवती नेपाल, चन्द्रबहादुर थापा रहेका छन् । यस्तै  सरल सहयात्री, अमृता नेपाल ,चन्द्र सापकोटा, लाल कान्छा तामाङ , चिरञ्जीवी आचार्य , झम्क पराजुली, कल्पना न्यौपाने, प्रेम सापकोटा र झम्क नेपाल नेकपा प्रदेश नम्बर ३ मा सिन्धुपाल्चोक बाट प्रतिनिधित्व गर्नेभित्र अटाएका छन् ।
प्रदेश २ मा साविक एमाले र माओवादीबाट समान संख्यामा नेताहरूलाई कमिटीमा राखिएको छ ।
कर्णाली प्रदेशमा भने माओवादीको बहुमत छ । अन्य पाँच प्रदेश कमिटीमा साविक एमालेको बहुमत छ । प्रदेश १ मा नेकपाले २०७ सदस्यीय कमिटी गठन गरेको छ । जसमा पूर्व एमालेका १२२ र पूर्व माओवादी केन्द्रका ८५ सदस्य रहने भएका छन् ।
त्यस्तै,  प्रदेश २ मा २१५ सदस्यीय कमिटी बनेको छ । जसमा पूर्व नेकपा एमाले र माओवादीका समान १०६ जना राखिएको छ । ३ जना भने पार्टी एकता पश्चात प्रवेश गरेकालाई प्रदेश कमिटीमा राखिएको छ ।
गण्डकी प्रदेश कमिटी १ सय ८७ सदस्यीय बनाइएको छ । जसमा एमालेका १ सय २ र माओवादी केन्द्रका ८५ सदस्य मनोनित भएका छन् ।
प्रदेश ५ मा २ सय ३ सदस्यीय कमिटी गठन भएको छ । जसमा साविक एमालेका १ सय ६ र नेकपा माओवादी केन्द्रको ९७ सदस्य रहेका छन् । कर्णाली प्रदेश कमिटी १७५ सदस्यीय बनेको छ । पूर्व एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना सदस्य समावेश गरिएको छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा एक जना बढी रहेका छन् ।
सुदूरपश्चिम कमिटी १८३ सदस्यीय बनाइएको छ । साविक एमालेबाट सय जना र माओवादी केन्द्रबाट ८३ जनालाई कमिटीमा राखिएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.