प्रहरीचौकि भवन उद्घाटन


दिपिन ढुङ्गाना मेलम्ची, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लामा  एकै दिन दुइ वटा प्रहरी भबनको उद्धघाटन भएको छ । राष्ट्रिय पुननिमार्ण प्राधिकरण कोषको सहयोगमा जिल्ला प्रहरी कार्यलय अन्र्तगत अस्थाइ प्रहरी पोस्ट बाहुनेपाटि र भिमटारको को आइतबार  उद्घाटन भएको हो  ।

भबनको उद्घाटन ३ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक कुमार थापाले गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि थापाले  भबनको  उद्घाटन  गर्दै उहाँले सुविधा सम्पन्न भवन बनिसकेपछि सेवा पनि उन्नत दिनपर्ने बताउँनु भयो । उँहाले प्रहरीहरु  सधैभरी जनताको काममा बफादार हुनुपर्ने बताउनुभयो । उहाँले प्रहरी एक्लैले अपराध न्युनिकरण गर्न नसक्ने भन्दै सम्पुर्ण नागरीकलाइ अपराध न्युनिकरण गर्नका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।  प्रहरी मेरो साथी  लाइ कार्यन्वयनमा ल्याएर गरिएको कामले प्रभाबकारीता पाएको बताउँदै सिन्धुपाल्चोक जिल्लामा १६ वटा भवन निर्माणाधिन रहेकोमा ४ वटा भवन निमार्ण सम्पन्न गरि हस्तानतरण गरिसकेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनिले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.