इन्द्रावतीमा उद्यमशिलता तालिम सम्पन्न

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालिकाको आयोजनामा उद्यमशिलता तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोकको आर्थिक तथा प्रविधिक सहयोगमा उद्यमशिल तालिम सम्पन्न भएको हो ।

मंसिर २६ गतेदेखि सञ्चालित तालिममा गाँउपालिका भित्रका वडा नं २ , ३, ४, ५, ६ का २२ जना उद्यमीहरुले तालिम लिएका छन् ।  सम्बृद्ध गाँउपालिका निर्माण र आत्मनिर्भर बनाउनका लागि व्यवासायिक रुपमा कृषि तथा पशुपालनलाई गाँउपालिका यस कार्यक्रमलाई विशेष प्रथामिकतामा राखेको छ । उच्च सीप सिकी कृषि र व्यवासायमा कृषकहरु आकर्षित भएका छन् ।


तालिममा सहभागीहरुलाई सैद्धान्तीक ज्ञानहरुको व्यवाहारमा लागु गरि अरुलाई पनि आफुले सिकेको सिप आदान प्रदानको लागि गाँउपालिकाले आग्रह गरेको छ । तालिममा गाँउपालिका अध्यक्ष बंशलाल तामाङले कृषकलाई आफ्नो पेशप्रति उन्मुख बनाउन प्रत्येक बर्ष यस्तो तालिम राख्ने बताउँदै  स्थानीय स्तरमा उत्पादन हुने बस्तुलाइ उत्पादनकत्वमा सहज गर्ने र गाँउमा नै रोजगारको ब्यबस्था गरेर स्थानीयलाई आत्मनिर्भरता बनाउन लागी पर्ने बताउँनु भएको छ । 

उहाँले पालिका भित्रका कृषकलार्ई कृषकको  इच्छा अनुसार व्यवसायिक कृषिमा लाग्न आग्रह गर्देै त्यस्ता कृषकलाई पालिकाले बिशेष प्रोत्साहन गर्ने बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत विनोद रोकाले कृषिले कृषकको जीवन माथि उकासिएको उदाहरण व्यतितै रहेको अवगत गराउँदै तालिमको सदुपयोग गरि व्यवसायिक रुपमा व्यवासाय सञ्चालन गर्ने कृषकहरुलाई गाँउपालिकाले प्रविधिक तथा अर्थिक सहयोग गर्ने बताउनुभयो  ।

तलिमको प्रशिक्षण उमेश शिल्पकारले गर्नुभएको थियो । तालिममा सहभागीहरुले सिकेको कुरा व्यवाहारमा उतार्ने र अरुलाई पनि उद्यमशिल बन्न सिप  सिकाउने बताएका छन् । यो तालिमले पालिकामा कृषि पेशामा रहेका कृषकहरुलाई व्यवसायिक कामका लागी सहज भएको सहभागीहरुले बताएका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.