बालविकास केन्द्रको भवन हस्तान्तरण

देवराज सुवेदी/सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा रहेको जुगल बालविकास केन्द्रको नव निर्मित भवन हिजो उद्घाटन गरी हस्तान्तरण गरीएको छ । 
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदी, र इन्डिको चाइल्ड फन्डका कुइन टिन क्लोभरले संयुक्त रुपमा उद्घाटन गरी मेलम्ची नगरपालिकालाई हस्तान्तरण गरीएको हो ।
२०६५ साल देखि नियमित सन्चालित बालविकास केन्द्रको भवन २०७२ सालको भुकम्पले ध्वस्त भएको थियो । भवन निमार्णमा जे सि वाइ सि एन् र चाइल्ड नेपालको सहकार्यमा इन्डिको चाइल्ड फण्डले सहयोग रहेको चाइल्ड नेपालका कार्यक्रम ब्यबस्थापक तोयानाथ तिवारीले जानकारी दिनुभयो । भकम्प गएसँगै अस्थाइ भवन निमार्ण पनि यिनै संस्थाहरुले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले शिक्षा सँगै ब्यबहारीक कृषि तर्फपनि बालबालिका लाइ लगाउन पर्नेमा जोड दिदै भवन निमार्ण गर्न सहयोग गर्ने सँस्थालाइ धन्यवाद पनि ब्यक्त गर्नुभयो । कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.