पत्रकार महासंघ ३ नं प्रदेशको बकैठक सिन्धुपाल्चोकमा



नेत्र बहादुर बस्नेत
 पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको ३ नंम्बर प्रदेश समितीको बैठक  सिन्धुपाल्चोकमा शुरु भएको छ ।


बैठककोे ३ नंम्बर  प्रदेशका सामाजीक बिकाश मन्त्री युबराज दुलालले उद्धघाटन गर्नु भएको हो ।   उद्धघाटन सत्रलाइ सम्बोधन गर्दै उँहाले   पत्रकार हरुले सत्यतामा आधारित रहेर काम गर्न , राम्रा नराम्रा कामका  बारेमा यथार्तता जन समक्ष लानका लागीि केन्द्रीत भएर काम गर्नका लागी  क्षमता  बृद्धीका लागी अगाडी बढ्न पर्ने बताउँनु भयो ।
उाँहले सो अबसरमा बिदेशीने युवाहरुलाइ स्वदेशमा रोजगार पाइएन भन्ने अबस्था श्रृजना हुन नदीन बर्तमान सरकार लागी परेको हुँदा अब काम पाइएन भन्ने होइन काम खोइ भनेर   भन्न पनी  युवा शक्ती हरु सँग आग्रह गर्नु भयो । उँहाले देश बिकाशकाम लागी युवा शक्ती र संञ्चार शक्ती अगाडी बढ्न पर्ने बताउँनु भयो ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला सम्मन्वय समितीका अध्यक्ष तथा   सम्मेलन ब्यबस्थापन समितीका  अध्यक्ष कृष्ण गोपाल तामाङ्गले  नेपालकै चर्चाको शिखरमा रहेको सिन्धुपाल्चोक जिल्लाको गुफाडाँडामा राष्ट्र्पति बिद्या भण्डारीबाट उद्धघाटन हुने जलबायु परिबर्तन सम्बन्धी राष्ट्र्यि सम्मेलनको तैयारी पुरा भएको   बताउँनु भएको छ।
३ नं प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट ले सिन्धुपाल्चोकमा भएको यो बैठक महत्वपुर्ण  हुने बताउँनुहुँदै आयोजन ागर्ने आयोजकलाइ बिशेष धन्यबाद दिनु भयो ।
नेपाल  पत्रकारमाहसंघका केन्द्रिय सदस्य द्धारिका काफ्ले  ले  सिन्धुपाल्चोकमा अहिले जलबायु परिबर्तनको समेत सम्मेलन  गर्न लागेकोमा बिशेष धन्यबाद दिनु भयो । 
 नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखामा  भएको बैठकको स्वागत गर्दै पत्रकार महासंघका जिल्ला अध्यक्ष महेश कुमार श्रेष्ठले  जिल्लाको स्थितीका बारेमा जानकारी गराउँनु भयो । कार्यक्रम महासचिब कृष्ण शरु मगरले संञ्चालन गर्नु भएको थियो ।
यो बैठकले सिन्धुपाल्चोक घोषणा समेत जारी गर्ने नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका उपाध्यक्ष ज्ञानेन्द्र तिमील्सीनाले बताउँनु भयो ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.