हाटबजार सञ्चालनमा



देवराज सुवेदी, १५ मङ्सिर, मेलम्ची
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं १, बाँसखर्कमा आजबाट हाटबजार सञ्चालनमा आएको छ । पहाडी भेगमा हाटबजार खासै नहुने भए पनि स्थानीय कृषिजन्य उपजको प्रवद्र्धनका लागि हाटबजार सञ्चालनमा ल्याइएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो ।

साप्ताहिक रुपमा लाग्ने हाटबजारमा स्थानीय उत्पादन विक्रीबितरण गरिने स्थानीय अनिल तामाङले जानकारी दिनुभयो । सामुदायिक आत्मनिर्भर केन्द्र र केयर नेपालको सहयोगमा हाटबजार सञ्चालनमा आएको हो । यही गाउँपालिका वडा नं ३ भोताङमा पनि दुई वर्षअघिदेखि हाटबजार सञ्चालित छ । रासस




,
Lokpriyasamachar@. Powered by Blogger.