आगलागीबाट लाखौंको क्षती

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवा  स्थित बस्नेत गाँउमा रहेको  एक गोठ जलेर लाखौ रुपैया बरबरको धनमाल नस्ट भएको छ । शुक्रबार बिहान करिब ३ बजे तिर लागेको आगोका कारण गोठमा भएको गाइ र गाइको बाच्छो समेत नस्ट भएको छ ।

वडा नं १४ स्थित डम्बरबहादुर भण्डारीको गोठमा आगोको मुस्लो देखेपछि छिमेकी नरेन्द्रबहादुर बस्नेत र सिताराम बस्नेत लगाएत गाँउबासी जम्मा भएर आगो नियन्त्रण मा लिएका थिए । गोठमा आगो के कारणले लाग्यो भन्ने बिषयमा खाशै प्रमाण नभेटिए पनि ३ बजे तिर घरमा आफू उठ्न खोज्दा एक्कासी बिजुली गएपछि फेरी सुत्न लागेको तर केही समयमा नै आगलागी भएको र त्यस स्थानमा बेलुका पनि आफूहरुले आगो नबालेको भण्डारी बताउनु भएको कारण  बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
यो घटना थाहा पाउनसाथ गाँउबासीहरु जम्मा भएर घरघरबाट पानी ल्याएर गोठको आगो नजिकै रहेको घरहरुमा जान नदिन ठुलो प्रयास गरेका थिए भने स्थानीयको कारण ठुलो क्षती हुनबाट बचाइएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.