१४ नं वडालाइ लैङ्गीक हिंसामुक्त वडा बनाइने

 
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १४लाइ हिंसा मुक्त वडा निर्माण गर्न पहल शुरु गरिएको छ । 


लैङ्गिक हिंसा र दुरब्यबहार, छैन हामीलाइ स्वीकार भनने मुल नाराका साथ दैशै भरी १६ दिने अभियान संञ्चालन भइ रहेको बेला वडा नं १४ मा पनी यस सम्बन्धी बिभिन्न कार्यक्रमहरु गरिदै आएको छ । यसै बिषयलाइ लिएर वडाअध्यक्ष शेर बहादुर श्रेष्ठको बिशेष उपस्थितीमा वडामा कुनै पनी खालका हिंसात्मक काम हुन नदीन सबै महीलाहरु एक भएर अगाडी  बढ्ने बिषमा कार्यक्रम भएको छ । आइताबार वडा स्तरिय महीला संञ्जालको  बैठक बसेको थियो । सञ्जालको बैठकले पनी वडामा कुनै पनी हिंसात्मक गतिबिधी  हुन नदीने बिषयमा बिशेष  छलफल भएको थियो ।
बिगतका कामहरुलाइ हेरेर आगामी दिनमा  कसरी  अगाडी बढ्ने बिषयमा पनी छल फल भएको सञ्जालकी कोषाध्यक्ष सिता बस्नेतले जानकारी  दिनु भयो । उँहाका अनुसार वडाध्यक्ष शेर बहादुर श्रेष्ठले कोही पनी  वडाबासीहरुले महिला बालबालीका लगाएत अशक्तहरुलाइ सम्मानका साथ ब्यबहार गर्न पर्ने   बताउँनु भएको थियो । वडामा कोही कसैलाइ कुनै समस्या भएमा  वडामा सम्पर्क गर्न र जथाभाबी  बादबिबाद नगर्न समेत सबैमा अनुरोध गर्नु भएको समेत बस्नेतले बताउँनु भयो ।   

, ,
Lokpriyasamachar@. Powered by Blogger.