देशैभरी मनाइयो अपाङ्गता दिवस

अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशिता समानताको सुनिश्चितता भन्ने मूल नाराका साथ हिजो देशैभरी राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।
यसै सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा पनि एक कार्यक्रम गरी सो दिवस मनाइएको छ ।
पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रममा जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुलाई विषेश सहयोग पु¥याउनु भन्दा पनि यसका नामबाट चन्दा तथा अनुदान माग्ने काममा बढी लागेको देखिएको सरोकारवालाहरुले बताएका छन् ।
जिल्ला स्थित राष्ट्रिय अपाङ्ग महासंघ शाखा सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले मानिस आफै अपाङ्गता भएको होइन, हाम्रो हेर्ने दृष्टिकोण नै अपाङ्गता भएको आफूले महसुस गरेको बताउँदै यस्ता व्यक्तिहरुको सीप र कलालाई सम्मान र सम्बोधन गर्न सक्यो भने सपाङ्गता भएको व्यक्ति भन्दा कम नहुने बताउनुभयो । उँहाले
त्यसैले नगरपालिकाले पनि अपाङ्गता भएका व्यक्तिहरुको सीप र जाँगरलाई उचित सम्मान गर्दै कार्यक्रम सञ्चालन गरिएको प्रमुख तामाङले बताउनुभयो ।
कार्यक्रममा अपाङ्गता संघ सरोकारवाला लगायत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुले अपाङ्गता दिवसको अवसरमा आफ्ना भनाईहरु राख्दै सीप, स्रोत र साधनलाई सदुपयोग गर्दै लानुपर्ने बताउनुभयो ।
कार्यक्रममा पदमबहादुर श्रेष्ठ, भक्तबहादुर नेपाली, रामशरण अधिकारी, सिंहबहादुर लामा, सागर परियार, उमेश विक, यज्ञ दंगाल, कृष्णबहादुर ठकुरी, रत्न श्रेष्ठ, गोविन्द सापकोटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अपांगता दिवसको अवसरमा आयोजित चौतारा नगरपालिका स्तरिय खुल्ला कविता वाचन प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुने सहभागीहरुलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको थियो भने प्रतियोगितामा सहभागिहुनु हुने सवै सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
राष्ट्रिय अपांग महासंघ नेपाल जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा भएको सो कार्यक्रम चौतारा टुडिखेलवाट ¥याली सहित सुरु भएको कार्यक्रम नेपाल पत्रकार महासंघको सभाहलमा पुगी औपचारिक कार्यक्रम गरिएको थियो । मूल समारोह कार्यक्रमका चौतारा साँगाचोकगढी नगरपालिकाको नगरप्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
राष्ट्रिय जनगणना अनुसार नेपालमा हाल ५ लाख अपांगता भएका व्यक्तिहरु छन । उनीहरुको उत्थानका निम्ति नयाँ संविधानले उनीहरुलाई राज्यको सबै निकायमा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ । 
यस वर्ष सरकारले अपांगता भएका व्यक्तिहरुलाई राज्यका हरेक निकायमा समावेश गर्ने प्रतिवद्धतासहित यो दिवस मनाएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.