तरुण दल सिन्धुपाल्चोकमा प्रमोद लामा

 सदिक्षा बस्नेत
 सिन्धुपाल्चोक जिल्लाको तरुण दल कार्य समिती चयन भएको छ ।

प्रमोद लामाको अध्यक्षतामा २१ सदस्यीय कार्य समिती गठन गरिएको हो पत्रकार महासंघको सभाहलमा भएको पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो ।

नेपाल िकाँग्रेसका नेता क्षेत्र नं १का सभापती  बालकृष्ण बस्नेत तरुणदलका रामेश्वर आचार्य  नेपाल बिद्याार्थी संघका केन्द्रिय सदस्य  सतिश श्रेष्ठ लगाएतका नेता तथा कार्यकर्ताको   उपस्थितीमा   तरुण दल जिल्ला कार्य समितीको घोषणा गरिएको हो ।
यस अघी नेपाल तरुण दल सिन्धुपाल्चोकको अध्यक्ष  रहनु भएको दोर्जे लामा हाउडेलाइ २०७४साल भाद्र ५ गते साधरण सदस्य समेत नरहने गरि केन्द्रियकार्यलयको पत्र  र सोही मितीमा नेपाली काागे्रस जिल्ला कार्य समितीले निश्काशन गरेका पत्रको प्रतिलीपीका साथ पत्रकार सम्मेलनमा उपस्थित भएका नयाँ कार्य समितकिा अध्यक्ष प्रमोद लामाले  तत्कालिन अध्यक्ष लामा  तत्कालनि एमालेमा प्रबेश गरेको फोटो समेत बितरण गर्दै अब  दोर्जे लामा  तरुण दलमा नरहेको  र सिन्धुपाल्चोक का तरुणहरु नेतृत्व बिहीन अबस्थामा रहेकाले  आफुहरु नेर्तत्व दिनका लागी तैयार भएर आएको बताउँनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष लामाले अब सिन्धुपाल्चोकका हरेक नगर पालकिा  गाँउ पालीका र वडाहरुमा समेत तरुण दलको सङ्गठन बिस्तार तथा पुर्नगठन गरेर तरुण दललाइ पुर्नजन्म दिन लागेको बताउँनु भयो । २ नं  क्षेत्रका  क्षेत्रीय अध्यक्ष कृष्ण कुमार तामाङ्ग समिर ले अब सबै एक जुट भएर तरुणदललाइ बलियो बनाउँन पर्ने बताउँनु भयो । पबकार सम्मेलनमा घोषणा गरिएको अरु पदाधिकारीहरुमा उपाध्यक्षहरुमा   राज गुरुङ्ग, निरन्जन खड्का ,सचिब निरज नेपाल, सहसचिब रामशण भण्डारी र कोषध्यक्षमा  राजकुमार भण्डारी रहेका छन । त्यस्तै सदस्यहरुमा युनिक तामाङ्ग भगवती कार्की  कबिता गुरुङ्ग प्रेमलाल तामाङ्ग बिकाश श्रेष्ठ श्याम तामाङ्ग , बुदन तामाङ्ग, राजु कृष्ण श्रेष्ठ। केदा बहादुर तामाङ्ग, राजकुमार कार्की कुमार घिमीरे , पेम्बा लामा, गौरब श्रेष्ठ  रबिन्द्र दर्नार  वाङ्ग छेदेङ्ग तामाङ्ग लगाएत रहनु भएको छ ।
त्यसै गरी १ नं क्षेत्रका क्षेत्रीय  अध्यक्षमा  लोक बहादुर श्रेष्ठ र २ नं क्षेत्रको अध्यक्षमा  कृष्ण कुमार तामाङ्ग समिर रहनु भएको छ । अरु पदाधिकारीको घोषणा भने क्षेत्रीय अध्यक्षहरुले हरेक पालीकाको प्रतिनिधित्व हुने गरि तरुणदलको बिधान अनुसार घोषणा गरिने जनाइएको छ । नयाँ कार्य समितीका पदाधिकारी हरुलाइ  नेपाली काँग्रेसको निती बिघानको परिबिधी भित्र रहेर नेपाल तरुण दलले बिगतमा गरेका जनपक्षीय आन्दोलन तथा नागरिकको सुरक्षकालागी खेलेको भुमिकाको  प्रशंसा गर्दै  आगामी दिनमा पनी तरुणहरु जनताको पक्षमा लागेर अगाडी बढ्नका लागी आफुले गर्न  पर्ने  सहयोग गरिरहने बताउँनु हुँदै गाँउ गाँउमा  गएर  तरुण दलको सँङ्गठनलाइ बलीयो बनाउँन भन्दै नँया कार्य समितीका पदाधिकारीहरुलाइ खादा लगाएर स्वागत गर्नू भएको थियो । 

, ,
Lokpriyasamachar@. Powered by Blogger.