लोकप्रिय नेत्रज्योती सञ्चार समूहले गरेको समाचार लेखन प्रशिक्षण सम्पन्न

सत्यताको पछाडी समुह कमी हुन्छ तर शक्ती बलवान हुन्छ अनी सत्यताको जहिले पनि बिजय हुन्छ । त्यसैले सत्य र तथ्यमा बिश्वास राखेर काम गर्न सकियो कुनै पनि काममा पराजय भोग्न नपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउँनु भएको छ । 


उहाँले समाजमा हरेका प्रकारका मानिस हुन्छन् कोही जानेर कोही नजानेर  पनी असत्यताको बाटोमा लागेका हुन्छन त्यसरी असत्यताको बाटोमा लागेकाहरुलाई सत्यताको बाटोमा  ल्याउँने भनेको कलम हो त्यसैले कलमको सही सदुपयोग गर्न पर्ने भन्दै उँहाले  कलमको लेखाइले मानिसलाई  शिखरमा पु¥याउँने  बताउनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकामा वडा नं ८ को सहयोगमा  लोकप्रिय नेत्रज्योती सञ्चार समूहले गरेको तिन दिने समाचार लेखन तथा बाचन प्रशिक्षण समापन समारोहको समापन गर्दै प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताउँनु भएको हो ।  उहाँले सञ्चारकर्मीको कलमले सञ्चारकर्मी उच्च स्थानमा  पुग्न सक्ने तर त्यही कलमले  सञ्चारकर्मीको  सबै अस्तीत्व पनी समाप्त हुन सक्ने भएकोले सत्यतामा रहेर काम गर्न पर्ने बताउनुभयो ।
उहाँले साना उमेरमा नै सञ्चार क्षेत्रमा चासो राखेर प्रशिक्षणमा  सहभागी भएकालाई धन्यबाद दिदै आयोजकलाई समेत बिशेष धन्यबाद दिनु भयो ।  आगामी दिनमा पनि  यसरी नै प्रशिक्षणको कार्यक्रम राखेर सञ्चार क्षेत्रको विकास गर्न आयोजकलाई अनुरोध गर्नुभयो । कार्यक्रममा प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले समाचार लेखन र बाचन गर्न कार्य जोखीम रहेको बताउँदै कतिपय समचार हरुको कारण कतीको ज्यानसमेत जान सक्ने भएकाले समचार लेख्दा   होसियारी पुर्वक कसैसँग पनि व्यक्तिगत रिसराग नराखी व्यक्तित्वको चरित्र हत्या नहुने गरी सत्यताका आधारमा समाजलाई सहि मार्गमा लाग्ने प्रेरेणा  मिल्ने खालका समाचार सम्प्रेसण गर्न पर्ने बताउँनुभयो । 
उहाँले समचार सकारत्मक र नकारत्मक हुन्छन् नकारत्मक समचारका कारण अरुको समाजमा ठुलो असर पार्छ त्यसकारण सञ्चारकर्मीले बास्तबिकतामा रहेर समचार लेख्न पर्ने बताउँनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत इन्द्रप्रसाद बस्यालले नगरपलिकाले  सञ्चार क्षेत्रको बिकाशका लागी आफ्नो तर्फबाट गर्न पर्ने सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तता दिइरहने बताउँनुभयो ।
नगरपालीका बाताबरण बिभाग प्रमुख तथा चौसागढीवडा नं १४का वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले लोकप्रिय नेत्र ज्योती सञ्चार समुहले स्थानीय नागरिकलाइ समचार लेखन तथा बाचन तालीम दिएर स.ञ्चाकर्मीको उत्पादन गरेर स्थानीय स्थरमा नै रोजगारको अबशर दिलाउँन लागेकोमा बिशेष धन्यबाद दिदै सबै वडाहरुमा यस्तो प्रशिक्षण राख्ने ब्यबस्था मिलाउँन अनुरोध गर्नु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ को सामुदायिक सभाहलमा भएको कार्यक्रममा बोल्दै वडाअध्यक्ष तिर्थ बहादुर श्रेष्ठले आफुले आफनो वडामा सञ्चारकर्मी तथा सञ्चार गृहलाई काम गर्न अबशर प्रदान गर्न लागेको बताउँनुभयो । 
साबीक इर्खु गाबीसका पुर्ब अध्यक्ष कृष्णध्वज थापाले वडामा नै यसरी प्रशिक्षणको कार्यक्रम राखेर स्थानीय नागरिक लाइ समचार बाचन तथा लेखन कार्यमा सक्षम बनाउँदै लैजाने काम गरेकोले यसको प्रशंशा गर्दै  सञ्चार क्षेत्रको महत्वका बिषयमा चर्चा गर्नु भएको थियो । समुहका कार्यकारी प्रमुख नेत्र बहादुर बस्नेतले संञ्चालन गर्नु भएको कार्यक्रममा सहजी करण कृष्ण बहादुर ठकुरीले गर्नु भएको थियो ।
उद्योग बाणीज्य संघका कुबेर श्रेष्ठ, लोकप्रिय नेत्रज्योती रेडीयो १०६.६ मेगाहर्ज बाह्रबिसेका सचित श्रेष्ठ, लगाएतको बिशेष यपस्थितीमा भएको कार्यक्रममा प्रशिक्षकलाइ बिशेष सम्मान गरिएको थियो भने प्रमुख अतिथी अतिथीतथा अन्य अतिथी हरुलाइ माँयाको चिनो समेत प्रदान गरिएको थियो ।
सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । ३ दिन सम्म चलेको उक्त प्रशिक्षण कार्यक्रममा सञ्चार क्षेत्रमा १७औ बर्ष अगाडीदेखि निरन्तर रुपमा लागिपर्नु भएका पुराना एबम अनुभबी रेडीयोकर्मी  कर्म लामा र रेडीयो सिन्धुका दिपक खत्रीले प्रशिक्षण दिनु भएको थियो भने वडाका १७ जनाले प्रशिक्षणमा भाग लिएका  थिए । 

,
Lokpriyasamachar@. Powered by Blogger.