भूकम्प पश्चात खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रम

नेपाल सरकारको लक्ष्य अनुसार सरसफाईको सुविधालाई समुदाय स्तरमा समेत व्यापकता ल्याई एक घर एक चर्पी निर्माण गरि स्वच्छ समुदायको निर्माण गर्ने उदेश्य अनुरुप भूकम्प पश्चातः सिन्धुपाल्चोकको इन्द्रावती गाउंपालिका वडा नं २ र ३ को संयुक्त आयोजनामा हिंजो खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो । इन्द्रावती गाउंपालिका वडा नं. ३ का वडा अध्यक्ष देव प्रसाद बानियांको अध्यक्षता र इन्द्रावती गाउंपालिकाका अध्यक्ष बंशलाल तामाङको प्रमृख आतिथ्यता विशेष समारोह विच जौंडाडामा कार्यक्रम सम्पन्न भएको छ ।
वडा सदस्य हेम वहादुर तामाङको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि तामाङद्धारा पानसमा दिप प्रज्वलन गरिे शुभारम्भ गरिएको थियो । कार्यक्रमको अवसरमा सामुहिक राष्ट्रिय गानसंगै प्रमुख अतिथि सहित उपस्थित सवैले सामुहिक प्रतिवद्धता पत्र वाचन गरिएको थियो । सोहि अवसरमा वडा नं २ का वडा अध्यक्ष बीर वहादुर तामाङवाट शौचालय निर्माण तथा सरसफाईको अवस्थाको वारेमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुका साथै प्रमुख अतिथि लगायत उपस्थित सवै सहभागिहरुवाट प्रतिवद्धता घोषणा व्यानरमा हस्ताक्षर गरिएको थियो । कार्यक्रमको अवसरमा महिला आत्मनिर्भरता केन्द्र, नेपाल रेडक्रस सोसाइटी, वडा प्रतिनिधि, पूर्व वडा स्तरीय संयोजक, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय प्रतिनिधि, पत्रकार, स्थानीय समाजसेवी लगायत समुदायको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा अभियानमा सहयोग गर्ने विभिन्न व्यक्ति लगायत संस्थाहरु महिला आत्म निर्भरता केन्द्र, अक्सफाम नेपाल, नेपाल रेडक्रस सोसाइटी, चाईल्ड नेपाल, सिडिईसिएफलाई खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फवाट प्रशंसा पत्र वितरण गरिएको थियो भने खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएकोमा दुवै वडालाई मूल प्रमाण पत्र प्रदान समेत गरिएको थियो । कार्यक्रममा सोहि वडा स्थित ७ वटा विद्यालयवाट व्यानर, प्लेकार्ड सहितको र्याली र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुित समेत रहेको थियो ।
वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनमा सम्पन्न भएको उक्त कार्यक्रम अन्र्तगत महिला आत्मनिर्भरता केन्द्रको सहजीकरण र गाउंपालिका र वडा कार्यालय विच विभिन्न चरणमा संयुक्त छलफल, अनुगमन गरि थप योजना सहित कार्यक्रम कार्यान्वयन भएको हो ।
हालसम्म कूल घरधुरी १३१४ मध्ये ३ वटा अस्थायी शौचालय सहित १२६३ घरधुरीमा शौचालय निर्माण भएको, १३० घरधुरीले संयुक्त शौचालय प्रयोग गर्दै आएको र १८१ घरधुरी अन्यत्र वसाइ सराई भएको  तथ्यांक प्रस्तुत भएको थियो । यसै अवसरमा उपस्थित अतिथिहरुवाट शौचालयको प्रयोग र आनीवानी परिवर्तनलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिनुभएको कार्यक्रम संयोजक उमेश नकर्मीले जानकारी दिनु भएको छ ।


,
Lokpriyasamachar@. Powered by Blogger.