लुगा सुकाउँदा करेन्ट लागि एकको मृत्यु

जथाभाबी बिजुलीको तारहरु सटाउँदा  सानो भुल र हेलचक्रयाइँका कारण अकालमा मानिसहरुको ज्यान जाने  गरेको छ । यस्तै घटना सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ मा घटेको छ ।
हामीलाई प्राप्त समाचार अनुसार  सिन्धुपाल्चोकको ईर्खुमा लुगा सुकाउने क्रममा करेण्ट लागेर एक महिलाको ज्यान गएको छ । चौतारा सांगाचोकगढि नगरपालिका  वडा नम्बर ८ थापा गाउँमा बस्ने २९ वर्षिय रीता कार्किको ज्यान गएको हो । 
भेडाबारी अर्चले घर भएको र इर्खु  माईत भएको कार्कीको   माइतमा  आएर कपडा सुकाउने  क्रममा करेण्ट लागेर मृत्यु भउको हो । सोम बार  विहान ९ बजेको समयमा करेण्ट लाग्दा तत्काल मृत्यु भएको थियो । कपडा सुकाउँने क्रममा घरको  जिआई तारमा  लागेको करेण्टका कारण मृत्यु भएको जनाइएको छ । धोएको लुगा जिआई तारमा सुकाउने क्रममा कार्किलाई करेण्ट लागेको थियो  । मृतकको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल चौतारा ल्याईएको छ ।
मृतकका श्रीमान ९ महिना अगिमात्र बैदेशिक रोजगारीका लागि साउदि गएको र कार्की ३ जना बालबच्चा पढाउन भनि   चौतारामा डेरा गरी बस्दै आउनु भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.