नेपाने सामुदायिक वनको साधरणसभा सम्पन्न

सिन्धुपाल्चोक जिल्ला स्थित नेपाने सामुदायिक वनको साधारण सभा सम्पन्न भएको छ ।

अध्यक्षता समूहका अध्यक्ष गोविन्द प्रसाद अर्याल को सभापतत्विमा भएको कार्यक्रमको प्रमुख अतिथिका तर्फबाट बोल्दै चौतारा साँगाचोकगढी नगरपालिका ७ नं. वडाका अध्यक्ष उमाप्रसाद दुलालले सामुदायिक वनले सिन्धुपाल्चोकमा अभियान्ता पाएको बताउनुभयो । उहाँले सिन्धुपाल्चोकबाटै सामुदायिक बनको अवधारणा लागु भएकोले देशभरी नै यसले प्राथमिकता पाएको बताउनुभयो । सव डिभिजन वन कार्यालय चौताराका प्रमुख एवम् सहायक वन अधिकृत हेमचन्द्र महतोले वनको संरक्षण गरेर समुदायले आयआर्जनमा समेत सहजता बनाएकोमा खुशी ब्यक्त गर्दै समुहमा गरेका कामहरु प्रायः सबै सफलता तिर उन्मुख भएको बताउनुभयो ।
साधारण सभालेआर्थिक प्रतिवेदन तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालू आ.व. मा सञ्चालन गरिने कार्यक्रमहरुको योजना तर्जुमा गर्दै सम्पन्न भएको थियो ।
कार्यक्रममा समुहका  पूर्व अध्यक्ष चन्द्रबहादुर नेपाल लगायत समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.