मेलम्चीमा पाँच सयले लिए निःशुल्क सुविधा

सिन्धुपाल्चोक  जिल्लाको मेलम्ची नगरपालिकामा निशुल्क शिबिर भएको छ ।
काठमाडौंको धापसीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले संयुक्त अरव इमिरेट्सको नेपाल स्थित राजदूताबास तथा सारजा च्यारिटी इन्टरनेशनलसँगको सहकार्यमा  मेलम्चीमा निःशुल्क स्तन क्यान्सर परिक्षण तथा हाडजोर्नी शिविर सम्पन्न भएको हो ।
शिविरमा ५ सय जनाले सेवा लिएको आयोजकले जनाएको छ । उनिहरु मध्य ५ जनालाइ अप्रेशन गर्नुपर्ने पाइएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले जानकारी दिनुभयो ।
शिविरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको नेतृत्वमा अर्थोपेडिक सर्जनहरु डा.सुनित दाहाल, डा.रामकृष्ण दाहाल,डा. राम थापाको टोली तथा कन्सल्ट्यान्ट जिआइ तथा ब्रेष्ट सर्जन डा. साधुराम पाण्डेसँगै क्यान्सर विशेषज्ञ डा. आबिस अधिकारीको   साथमा मेडिकल अफिसर, नर्सिङ स्टाफ तथा प्यारामेडिकहरुले सेवा प्रदान गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.