कालिका पुनर्निर्माण सम्पन्न वडा घोषणा

सुनकोशी गाउँपालिका वडा नम्बर ३ साविकको कालिका गाविसलाई पुनर्निमार्ण सम्पन्न वडा घोषणा गरीएको छ ।
कालिका भित्रका कुल ६ सय ५६ घरधुरीका लाभग्राहि मध्य ६ सय ५३ घरधुरीका लाभगा्रहिले निजि आवास निमार्ण कार्य सम्पन्न गरी ७५ प्रतिशत लाभगा्रहिले बसोबास समेत गरीसकेका छन् । भुकम्प प्रभावित १४ जिल्लामध्य साविक कालिका गाविस नेपालकै दोश्रो तथा सिन्धुपाल्चोक जिल्लाको पहिलो निजि आवास सम्पन्न गर्ने  वडा बनेको छ । कालिकामा कारीतास नेपालले २०७५ माघ महिनालाई अन्तिम समय सिमा तोकि भुकम्प पुन निमार्ण कार्यक्रम सूरु गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले निजि आवास अस्तान्तरण गर्नुभएको थियो ।
कारीतासले विगत ३ वर्ष अगाडिदेखि सुनकोशि गाउपालिका १,२ र ३ साविक कालिका र ठोकर्पामा १८ सय ३४ घरधुरीमा निजि आवास निमार्णमा प्राविधिक सहयोग गर्दै आएको थियो ।
कारीतास नेपालका जिल्ला कार्यक्रम संयोजक झग्गु चौधरीका अनुसार सेवा क्षेत्रभित्र निजि आवास पुन निमार्ण, जिविकोपार्जन तथा विपद्र जोखिम न्युनिकरण, खानेपानि ,सरसफाई, तथा स्वज्छता परीयोजना संचालन गर्दै आएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.