मोवाइल सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–८ मा मातृत्व तथा बाल स्वास्थ्य सेवा समन्वय मोवाइल सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
आइतबारदेखि इर्खु स्वास्थ्य चौकीमा भएको प्रशिक्षण कार्यक्रममा वडाका महिला स्वयमसेविकाहरुलाई दिइएको प्रशिक्षणबाट वडामा रहेका महिलालाई कुन कुन समयमा के कस्ता रोग लागेको छ ? त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर जानकारी गराउने र गर्भवती अवस्थामा गर्नुपर्ने सामान्य उपचारदेखि लिएर हरेक समस्याका बारेमा जानकार रहेर तत्काल उपचारको लागि सहज गर्न राहत मिलेको छ ।
प्रशिक्षण चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा मेडिक मोवाइल सर्भिसको सहयोगमा भएको हो । नगरपालिकाको स्वास्थ्य सहायक सुभाष वास्तोलाले दिनुभएको थियो ।
प्रशिक्षणमा वडाका ९ जना सहभागिता रहेको छ । वडा नं. ८ का वडाध्यक्ष तीर्थबहादुर श्रेष्ठले सहभागिहरुलाई मोवाइल हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।   

,
Lokpriyasamachar@. Powered by Blogger.