चौतारामा सर्कस नेपालको अन्तरक्रिया

मानव तस्करीसँग कमजोरी रहेका समूहलाई लक्षित गरेर कार्यक्रम गरिरहेको सर्कस काठमाडौं र बैदेशिक रोजगार व्यवसायी संघले चोैतारामा एक कार्यक्रमको आयोजना गरेको छ । 
सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालिका होटल अरिनकोमा भएको कार्यक्रममा सोसँग  सम्बन्धित फिल्म प्रदर्शनी गरिनुका साथै नाटकसमेत प्रस्तुत गरिएको थियो । सके सम्म बिदेश नजान तथा जानै परेपनि सबै कामका बारेमा तथा कहाँ कसरी जाने भनेर सबै जानी बुझी मात्र जान पर्ने खालको सन्देश दिएको थियो । 

अन्तरक्रिया समेत गरिएको उक्त कार्यक्रममा बिदेश जान भन्दा पहिले सरकारी तथा आधिकारीक गैर सरकारी संस्थाहरुसँग बुझेर मात्र विदेश जानपर्ने  बताइएको थियो ।
अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्दै सबै नागिरकले सकेसम्म बिदेशिने होइन स्वदेशमा नै काम गरेर आत्मनिर्भरता बन्न पर्ने बताएका थिए  । कार्यक्रममा बोल्दै डडुवा भवानी शंकर माविका प्रअसमेत रहनुभएका  सामाजिक अभियान्ता बद्रीप्रसाद नेपालले  सदरमुकाम केन्द्रित भन्दा पनि स्थानिय स्तरमा पनि यस्ता कार्यक्रम गरेर जनचेतना फैलाउन पर्ने बताउँदै प्रचारप्रसारमा बढी ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सर्कसका सुरेश चन्दले सहभागीहरुलाई बैदेशिक रोजगारमा जानु भन्दा पहिले यस सम्बन्धमा बुझेर मात्र जानुपर्ने बताउँनुभयो । बैदेसिक रोजगार व्यवसायी संघ र सर्कस नेपालका सन्ध्या नेपाल, निर्जना नेपाल, कुन्जन राईको विशेष संयोजनमा कार्यक्रममा सम्पन्न भएको थियो । सिन्धुपाल्चोकका लागी बैदेसिक रोजगारको परामर्श दाताका रुपमा रहनु भएको निर्जना नेपालले सिन्धुपाल्चोकबाट बिदेश जान पर्ने कुनै पनि नागरिकले आफू कँहा जाने ? किन जाने ? कसरी जाने ? के काम गर्ने ? कति तलब पाइन्छ ? यि सबै कुराका  बारेमा पूर्ण रुपमा जानकारी लिएर मात्र जानुपर्ने बताउँदै यस विषयमा कुनैपनि जानकारी चाहिएमा आफूले निःशुल्क परामर्श उलब्ध गराउने बताउँनु भयो । 

,
Lokpriyasamachar@. Powered by Blogger.