इन्द्रावतीमा स्वास्थ्य शिविर सम्पन्न

इन्द्रावति गाउँपालिकामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

इन्द्रावति गाँउपालिकाका वासुदेव प्रसाद जोशि स्मृति प्रतिष्ठान, नाटा भक्तपुर, पीन नेपाल, लायन्स क्लब अफ काठमाडौं सप्रान, तारा मण्डल शसक्तिकरण अभियान, खुड्किलो नेपाल, माता मनकामना स्क्रीन प्रिन्ट उद्योग, नौलि महादेव महिला विकास साकोस, नेपाल रेडक्रस सोसाइटि नवलपुर उपशाखा, नवलपुर स्वास्थ्य चौकी, र नवलपुर माविको संयुक्त आयोजनामा भएको शिविरको उद्घाटन इन्द्रावति गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले गर्नुभएको थियो ।

निशुल्क स्वास्थ्य शिविरमा प्रशुति सेवा, स्त्री रोग, हाडजोर्नि, तथा नसा रोग,छाला तथा यौन रोग, दन्त रोग, क्षयरोग, जस्ता रोगहरुको परीक्षण गरीएको थियो । सो शिविरमा ८०० जनाले सेवा लिएका थिए भने ६ जना महिलाको पाठेघरको सल्याक्रिया गरीएको छ । 

गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले स्वास्थ्य क्षेत्रमा सबैको पहुँच स्थापित गर्न गाउँपालिका लागि परेको बताउनुभयो । स्वास्थ्य सेवा लिएपछि स्थानियहरुले खुसि ब्यक्त गरेका इन्द्रावति गाउँपालिकाका सुचना अधिकारी प्रदिपराज भण्डारीले जानकारी दिनुभयो ।


,
Lokpriyasamachar@. Powered by Blogger.