समाजबाद उन्मुख वडा अभियान सूरुवात

मेलम्ची नगरपालिकाको वडा नम्बर १ ले समाजबाद उन्मुख नमुना वडा विशेष अभियान सूरुवात गरेको छ । उक्त अभियान सूरुवातका अवसरमा सोमबार भोटेचौरमा गरीएको अन्तरक्रीया  कार्यक्रममा नेकपा नेता तथा पुर्व प्रधानमन्त्री माधव  कुमार नेपाल समेत उपस्थित हुनुभएको थियो ।
उहाले युवाहरु गाउगाउबाट विदेशिने क्रम रोक्न गाउमै श्रोत ,साधनको प्रयोग गरी स्वरोजगारको बातावरण शृजना गर्न वडालाई आग्रह गर्नुभएको छ । आफ्रनो गाउ आफै बनाउ साथै सुखि नेपालि सम्वृद्ध नेपाल भन्ने नारालाई साकार बनाउनका लागि साविक भोटेचौर गाविस हाल मेलम्ची नगरपालिका १ नम्बर वडाको १६ ओटै टोलमा अभियान अगि वडाईने वडा अध्यक्ष कृष्ण प्रसाद चौलागाईले बताउनुभयो ।
जसका लागि सर्वपक्षिय नमुना वडा विशेष मुल समति गठन भएको छ । यसैगरी टोल बस्तिमा जागरण सहित समितिको गठन, पुनरगठन तथा परीचालन  गर्ने वडा कार्यलयले जनाएको छ । वडालाई सम्वृद्ध बनाउन हरेक नागरकिले राज्यका लागि दिनको ५ मिनेट श्रमदान गर्ने नितिसमेत लियर त्यसका लागि परीचालन गरीने वडा अध्यक्ष चौलागाइको भनाई छ । नमुना वडा निमार्ण गर्ने गरी सूरु गरीएको अभियानमा वडाले रेडियो सिन्धुसंग पनि सहकार्य गर्नेभएको छ ।
रेडियो सिन्धुका स्टेशन प्रमुख रत्न प्रसाद श्रेष्ठले वडासंग सामुदायिक पत्रकार परीचालन गरेर रेडियोले अभियानमा सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।  कार्यक्रममा नगरपालिकाका प्रमुख डम्बर अर्याल, नेकपाका ३ नम्बर प्रदेश सदस्य चन्द्र वहादुर थापा, नेकपा नेता बालकृष्ण देउजा लगायत समेत सहभागि बन्नुभएको थियो । सोमबारको अन्तरक्रीया कार्यक्रमको संचालन चने मित्रलाल चौलागाईले गर्नुभएको थियो । मेलम्ची नगरापालि भित्र वडा नम्बर १ ले पहिलोपटक यसरी नमुना वडा निर्माकै लागि भनेर अभियान सूरुवात गरेको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.