जनजागृतीमा सन्जाल को बत्तृत्व कला

जनजागृती माध्यमिक बिद्यालय  साँगाचोकमा बक्तृत्वकला प्रतियोगिता भएको छ ।   लैंगिक हिंसा बिरूद्घको १६ दिने अभियान अन्तरगत  उक्त प्रतियोगिता भएको हो ।

लैंगिक हिंसा र दुरव्यावहार छैन हामिलाई स्विकार  भन्ने  मुलनाराका साथ १६ दिने अभियान  अन्तरगत यो प्रतियोगिता भएको हो ।  कमलको फुल महिला बहुउद्देश्यीय  सहकारि सस्था र वडा महिला सन्जाल को संयुक्त  आयोजनामा जनजागृति  स्रोत केन्द्र अन्तगर्त मावि  स्तरिय बक्तृत्वकला प्रतियोगिता भएको हो  ।  बक्तृत्वकला प्रतियोगितामा सुकुटे माविका  छात्र प्रनिता खड्का प्रथम, जनजागृति मा विका सविना थापा, द्वितीय ,जनविकास माबीका  संस्कृति आचार्य तृतिय र भिमसेन माविका सुभेच्छा कार्की चौथो भएका संस्थाका अध्यक्ष सिता पौडेलले जानकारी गराउँनु भएको  छ । उँहाका अनुसार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले  प्रमुख अतिथ्यताको आशनबाट बोलदै  कार्यक्रममा  हिंसा रहित समाज निर्माण हामि सबैको हातेमालो बाट मात्र संभव छ  भन्नु भयो । उँहाले जिल्लामा कुनै पनी अप्रिय घटना घट्न नदीन सबै चनाखो रहन पर्ने बताउँनु हुदै जिल्लालाइ समृद्ध बनाउँनका लागी सबैले आआफनो ठाँउ बाट आआफुले गर्न सक्ने सहयोग गर्न पर्ने बताउँनु भयो । 
बिशेष अतीथी चौतारा साँगाचोक गढी नगर पालीकाका उप प्रमुख जानुका पराजुलीले बाल बालीकाहरुलाइ यस्ता खालका चेतनामुलक बिषयहरलाइ समेटेर यस्ता प्रतियोगिता गर्दा सबै पक्षलाइ फाइदा पुग्ने भउकोले शिक्षाको बिकाशका लागी पनी यस्ता चेतनामुलक बिषयहरुमा केन्द्रित रहेर कार्यक्रम गर्न पर्ने बताउानु भयो । 
श्रोत केन्द्रको ८ वटा बिद्यालयले भाग लिएको उक्त प्रतियोगितामा प्रमुख अतिथी अधिकारी तथा  बिशेष अतिथी चौतारा साँगाचोक गढी नगरपालीकाका उपप्रमुख जानुका पराजुली ,वडा नं १२का वडा अध्यक्ष ध्रुबराज गिरी बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष इन्द्र बहादुर गिरी जिल्ला प्रहरी कार्यलयका कार्यलय प्रमुख  प्रहरी उपरिक्षक मुकुन्द मरासीनी लगाएतको बिशेष उपस्थितीमा  पुरस्कार बितरण गरिएको थियो भने सिता थापाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। 

, ,
Lokpriyasamachar@. Powered by Blogger.