वडा कार्यलय निर्माणाका लागी जग्गादान



स्थानीय सरकार संञ्चालनका लागी स्थानीय नागरिकरुले  निजी सम्पती समेत दिएर सहयोग गर्ने क्रम बढ्दै गइ रहेको छ ।
यस क्रममा  सिन्धुपाल्चोक जिल्लास्थित चौतारा साँगाचोक गढी नगरपालीकाचौसागढी न पा १४मा वडा कार्यलय भवन निर्माण गर्नको लागि स्थानीय अम्बर बहादुर नेपाल र कृष्ण बहादुर नेपालले  आफ्नो निजी जग्ग वडा कार्यलय बनाउँनका लागी जग्गा दिनु भएको छ । उँहाहरुले  निशुल्क जग्गा दान दिनुभएर ईतिहास को पानामा आफ्नो नाम लेख्न सफल हुनु भएको वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले बताउँनु भएको छ ।
उँहाले यस कार्यमा सहयोग गर्नु हुने अम्बर बहादुर खत्री (नेपाल) र कृष्ण बहादुर खत्री (नेपाल ) दुबै जग्गा दाताहरुलाई १४ नम्बर वडाको तर्फ बाट , मेरो ब्यक्ति गत तर्फ बाट हार्दिक हार्दिक धन्यवाद  दिन चाहान्छु भन्नु भएको छ ।  साथै वडाको लागि सहयोग र सहजीकरण गर्नुहुने  सहयोगी वडासदस्य भेष बहादुर खत्री (नेपाल) , आदरणीय  भवानी शंकार मा बि का प्रधानाध्यापक बद्री प्रसाद नेपाल,सेती देबि आ बि का प्र अ ऋषिराम नेपाल , झमला देबि का प्र अ लाल बहादुर्र श्रेष्ठ , लोकप्रिय नेत्रज्योति सन्चार समुहका कार्यकारी निर्देशक नेत्र बहादुर बस्नेत लगाएत वडाको बिकाशका कामलाइ सहज गर्नु हुने  सम्पुर्ण सुभचिन्तकमहानुभावकहरुलाई समेत धन्यबाद दिनु भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.