खानेपानी आयोजनाहरुको हस्तान्तरण सम्पन्न

खानेपानी आयोजना तथा सिन्चाइ आयोजना हरुको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले सञ्चालन गरीरहेको भुकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत निमार्ण गरीएको ५ वटा खानेपानी आयोजना र एक वटा सिन्चाइ कुलोको उद्घाटन तथा जिम्मेवारी हस्तान्तरण गरीएको हो ।


पाँचपोखरी गाउँपालीका ६ थाङपालधाप मा निमार्ण गरीएको खहरे खोला देउजा खत्रि टोल खानेपानी आयोजना सहित ५ वटा खानेपानी आयोजना स्तथानिय तहलाई हस्तान्तरण गरएको हो । बिहिबार एक समारोह बिचमा नेपाल रेडक्रस सिन्धुपाल्चोकका सभापती राजेन्द्रमान ताल्चाभडेलले आयोजनाको हस्तान्तरण नोट उपभोक्ता समितिका अध्यक्षहरु तथा वडा अध्यक्षलाई हस्तान्तरण गर्नुm भएको हो ।
हस्तान्तरण कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासि लामाले रेडक्रसले भुकम्प पछि क्षेतबिक्षत भएका खानेपानी आयोजनाहरुको पुर्नर्निमाण गरी शुद्ध खानेपानी पिउनपाउने जनताको अधिकार कार्यान्वयनमा पु¥यायको योगदान को प्रसम्सा गर्दै आगामि दिनमा अझ धेरै कार्यमा सहकार्य गर्नेमा जोड दिनु भयो । कार्यक्रमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका सभापती राजेन्द्रमान ताल्चाभडेलले रेडक्रस मानविय संस्था भएकोले सँधैभरी मानविय हितमा कार्य सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रमा पाँचपोखरी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष, रेडक्रसका मन्त्री कमलचरण कक्षपती लगायतले मन्तव्य राख्नुभयको थियो ।
यसैबीच नेपाल रेडक्रस सोसाइटीले पाँचपोखरी थाङपाल गाउपालीका अन्तरगतको सरोकारवालाहरु संगको बैठक सम्पन्न गरेको छ । पाँचपोखि थाङपाल गाउँपालिका अन्तरगत संचालन गरेको गतिबिधिहरुको प्रगति प्रस्तुति गरीएको थियो । बिहिबार सम्पन्न भएको बैठकमा स्थानिय विपद् तथा जलवायु उथानसिल योजनाको बारेमा समेत छलफल गरीएको थियो । कार्यक्रममा विपद् व्यवस्थापन चक्र, बिपद् उत्थान समुदायकालागी न्यूनतम मापदण्डको बारेमा छलफल र स्थानिय विपद्व्यवस्थापन समितिको गठन प्रक्रियम तथा स्थानिय विपद् तथा जलवायु उथानसिल योजना तर्जुमाको प्रक्रिको बारेमा छलफल गरीएको थियो । सो कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका कार्यालय प्रमुख राजकुमार लम्सालले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टासि लामाले विपद् व्यवस्थापनलाई आगामि दिनमा विकासका कार्यक्रमहरुसंगै मिलाएर लानेमा जोड दिँदै योजना निर्माणमा सहयोग गर्न लागेकोमा रेडक्रसलाई धन्यवाद दिनु भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.