जलवायु परिवर्तन र यस्को प्रभाव

तुलाराम घिमिरे
जल र वायु भन्ने संस्कृत शब्दको समायोजनबाट वनेको जलवायुले अहिले विश्वको ध्यान तानिरहेको छ । प्रकृतिले यस पृथ्वीको जलवायुलाई तलमाथि हुन नदिई आफ्नै किसिमले सन्तुलन गरी राखेको हुन्छ तर जव यसलाई मानविय त्रृmयाकलापले अझ भनौ मानवले प्रकृतिलाई दिएको चुनौतिको कारणले यो २१औं शदाब्दिको जल्दोवल्दो विषयवस्तु वन्न पुगेको छ । प्राकृति रुपमा रहदा पृथ्विको वातावरमा परिवर्तन न्यून गतिमा भइनै रहेको हुन्छ तर मानविय कारणले गर्दा वातावरणमा हुने परिवर्तन अतिनै द्रुत गतिमा हुदै गएको छ । त्यसैले जलवायुमा भएको परिवर्तन नियमति प्रकृया भएपनि विगत वर्षहरु देखि यसमा भएको तिव्र परिवर्तन एक अस्वाभाविक तरिकाले भएको पाइन्छ । मौसम भनेको कुनै स्थान विशेषको छोटो अवधिको हावापानीको अवस्था हो जुन विहान देखि वेलुका सम्ममा पनि परिवर्तन भईनै रहन्छ । त्यस्तै जलवायु भन्नाले लगभग ३० वर्षको मौसमको औसत अवस्थालाई जनाउछ । यस्मा तापक्रम, वायुको वहाव, पानी पर्ने, हिँउ पर्ने आदी कुराहरुमा आएको परिवर्तनको अवस्था हो । जस्तै असार श्रावणमा पानी पर्नु, चैत्र वैशाखमा बढि गर्मि हुनु, पौष माघमा बढि जाडो हुनु आदी । द्रुत गतिमा भएको जलवायु परिवर्तनका कारणले हाल आएर जाडो महिनामा बढि जाडो हुने, गर्मि महिनामा बढि गर्मि हुने, उच्च पहाडि भेगमा समेत लामखुट्टे देखिनु, उच्च पहाडि क्षेत्रमा चैत्र वैशाखमा फुल्ने लालिगुराँस माघ महिनामै फुल्न थाल्नु, तराइ भेगमा हुने वालिनालीहरु मध्य पाहाडि भेगमा समेत हुनु आदिी स्पष्ट रुपमा देखिएका परिवर्तनहरु हुन । यहि क्रममा जलवायुमा परिवर्तन हुदै जाने हो भनि हिमालको हिँउ पग्लेर हाम्रो गौरवमय हिमालहरु नाङ्गो पहाडको रुपमा परिवर्तन हुन लामो समय कुर्नु नपर्ने हुनसक्छ ।
जलवायु परिवर्तका कारक तत्व
जलवायु परिवर्तन यसरी द्रुत गतिमा बढनुको मुल कारण भनेको मानविय त्रृmयाकलापबाट सृजित हरितगृह ग्यासनै मुल रुपमा जिम्मेवार रहेको छ । विकासमा भएको होडवाजि र औद्योकिकिकरणको बढदो प्रवृतिका कारणले हरितगृह ग्यासको उत्सर्जन पनि तिव्र रुपमा बढि रहेको छ । बढदो रुपमा प्रयोग हुने गरेको पेट्रोलियम पदार्थ, कृषिमा प्रयोग हुने रसायनिक मल, किटनाशक औषधि, रसायनिक पदार्थ, जनसंख्या वृद्धि, वन क्षेत्रको तिव्र विनास, कोइला ग्यासको ब्यापक प्रयोग जस्ता मानविय त्रृmयाकलापको कारणले उत्शर्जन हुने हरितगृह ग्यास (  कार्वनडाइअक्साइड, मिथेन, सल्फरडाइअक्साइड, नाइट्रस अक्साइड, क्लोरोफ्लोरो कार्वन, पानीको वाफ, ओजोन) जस्ता पदार्थहरुको उत्शर्जनमा वृद्धि हुन गइरहेको छ । सुर्यबाट पृथ्विमा वायुमण्डल पार गरी पृथ्विमा आएको तापको केहि भाग जमिन, बोटविरुवा तथा समुन्द्रले सोसेर लिन्छ र केहि भाग पृथ्विबाट फर्केर वायुमण्डलमानै जाने गर्दछ । तर वायुमण्डलमा पृथ्विबाट उत्शर्जिन हरितगृह ग्यासको तह बढदै गएको कारणले पृथ्विबाट फर्किएको कम शक्तिशालि ताप हरितगृह ग्यासमा ठक्कर खाइ वायुमण्डलमा नै रहन्छ । यसै लाई हरितगृह प्रभाव भनिन्छ । जस्को कारणले ताप फर्किर वायुमण्डल माथि जान पाउदैन र सो तापक्रम वायुमण्डल तथा पृथ्विको सहतमानै रहन्छ । जसले गर्दा वायुमण्डल तथा पृथ्विको तापक्रम बृद्धि हुदै जान्छ । त्यसै कारणले मानविय त्रृmयाकलापको कारणले हरितगृह ग्यास जति बढि रुपमा उत्शर्जन हुन्छ त्यतिनै मात्रमा हरितगृह प्रभाव बढ्दै जाने हुनाले वायुमण्डल तात्दै जान्छ र तापक्रममा पनि सोहि अनुपातमा वृद्धि हुदै जान्छ । विभिन्न हरितगृह ग्यास मध्ये कार्वनडाइअक्साइडले तापक्रममा हुने वृद्धिमा ७७५ भुमिका खेलेको हुन्छ । जव वायुमण्डल तात्दै जान्छ त्यसले हावालाई तताउदछ जसको कारणले हावाको वहाव, गति, चाप र दिशामा असन्तुलन आउँछ जसले गर्दा पानी पर्ने हिँउ पर्ने समयमा परिवर्तन, मात्रामा घटबढ हुन गई मौसमा अस्वाभाविक परिवर्तनहरु देखा पर्दछन ।
हरितगृह ग्यासका प्रमुख श्र्रोतहरु ः–
मानविय त्रृmयाकलापका कारणले अति तिव्र गतिमा उत्शर्जन हुने हरितगृह ग्यासका श्र्रोतहरुमा उर्जा उत्पादन, थर्मलप्लान्ट (२४.५० ५ ) उद्योग, कलकारखानाबाट निस्कने कार्वन (१९.४० ५ ), वन विनास तथा भू–क्षय, बाढि पहिरो (१.५० ५ ), कृषि क्षेत्र (१३.५० ५ ), यातायात (१३.१० ५ ), आवाशिय तथा ब्यवशायिक भवन (७.९० ५ ) र प्रदुषित फोहर पानी विर्सजन (२.८० ५ ) पर्दछन । हरितगृह ग्यासका श्र्रोतहरुको विश्लेशण गर्दा अति विकशिल देशहरुले बढि मात्रामा भुमिका खेलेको स्पष्ट हुन्छ तर यसको प्रभाव भने हाम्रो जस्तो अल्पविकशित देशहरुमा स्पष्टरुपमा देखिन थालेको छ र हामिहरुनै बढि प्रभावित भएका छौं । परमाणु विच्छेन गरी उर्जा निकाल्ने प्रवृति बढदै गएका कारणले वायुमण्डलमा हरितगृह ग्यास बढि मात्रामा उत्शर्जन हुने गरेको छ । यसरी विश्वब्यापि रुपमा बढदै गएको हरितगृह ग्यासलाई क्रमिक रुपमा घटाउदै लैजान बढि उत्शर्जन गराउने राष्ट्रहरु देखि लिएर अल्पविकशित राष्ट्रहरु समेत हाल आएर सहमत भई सकेका छन । यसै क्रममा सन् १९९० मा संयुक्त राष्ट्रसंघको साधरण सभाले हरितगृह ग्यास नियन्त्रण गर्न आवश्यक तयार गर्यो र सन् १९९२ मा रियो द जेनेरियोमा १८४ मुलुकका सहभागितामा भएको पृथ्वि शिखर सम्मेलनमा सो महासन्धी पारित भएपछि यस्ले विश्वव्यापि मान्यता पायो । त्यस्तै सन १९९७ मा जापानको क्योटोमा भएको क्योटो महासन्धि जारी गरी सवै औद्योगिक राष्ट्रहरुले कार्वन डाइअक्साइड ग्यासको उत्सर्जन घटाउनु पर्ने र आफैले घटाउन नसके सो वरावरको त्र्रmेडिट विश्व वजारबाट किन्न सक्ने प्रावधान गर्यो । यस्ताखाले हरितगृह ग्यासको उत्सर्जन घटाउन सक्ने विश्ववजारबाट किनवेच गर्ने प्रकृयालाई कार्वन ब्यपार भनिन्छ । अमेरिका, चिन, जापान, दक्षिण कोरिया, वेलायत जस्ता देशहरुले बढि मात्रामा कार्वन उत्सर्जन गर्ने भएकाले उनिहरुले विस्तारै कार्वन उत्सर्जनको मात्रा घटाउदै लैजाने र कार्वन कम उत्सर्जन गर्ने अल्पविकशिल राष्ट्रहरुले कार्वन संचिति गरे वापत पाउने भुक्तानीका प्रकृयाहरु अहिले परिचर्चाको विषय वन्न पुगेको छ ।
जलवायु परिवर्तनको प्रभाव र न्यूनिकरण 
जलवायु परिर्वनका प्रभावहरु हाल विश्वमा टडकारो रुपमा देखिन थालेका छन । जलवायु परिवर्तनका कारणले पृथ्वीको तापक्रम वढन जानाले संक्रामक रोग सर्ने, लामखुट्टे तथा किटाणुहरुको संख्या तथा प्रजनन दरमा वृद्धि हुनुको साथ सााथै प्रजनन अवधि छोटो हुन गई रोगका किटाणुहरुको विस्तारमा पनि सहयोग पुर्याउछ । एक समयमा विश्वबाट उन्मुलन भई सकेको मलेरिया जस्तो घातक रोग हाल आएर पुनः देखा पर्न थालेको छ । जलवायु परिवर्तन तिव्र गतिमा बढनुको मुख्य कारक तत्वको रुपमा बढदो वन विनास, वन अतिक्रमण, औद्योगिकिकरण तथा कलकारखानाहरुको स्थापना, जीवात्मक इन्धनको आकश्मिक प्रयोग, प्लास्टिकजन्य वस्तुको बढदो उत्पादन तथा प्रयोग र त्यसलाई नष्ट गर्दा हुने प्रदुषण, अत्याधिक धान खेति ( विशेष गरी अमेरिका, चिन तथा भारत जस्ता देश जसले अति मात्रामा धानको उत्पादन गर्दछन ) जस्ता त्रृmयाकलापहरु पर्दछन । यसरी विष्लेषण गर्दा जलवायु परिवर्तनका कारणले वातावरणमा परेका प्रभावहरु लाई सामान्य रुपमा  निम्न किसिमले सुचिकरण गर्न सकिन्छ ः–
जंगल, जमिन र जलमा हुने पारिस्थितिकीय प्रणालिमा असर पर्नु, मौसम ढिलो सुरु हुनु र चाडै अन्त हुनु, मलेरिया, डंगु, जण्डिस, श्वाश–प्रश्वाशका रोगहरुमा वृद्धि हुनु, थोरै समयमा धेरै पानी पर्नु,असामान्य रुपमा मुसलधारे पानी पर्नु,लामो खडेरी पर्नु,समुन्द्रको सतहमा वृद्धि हुनु,वाष्पिकरण, बाढी, सुख्खा, हिँउ, माटोको चिस्यान तह र जमिन मुनिको पानी भण्डारण क्षमतामा असर पर्नु,वनस्पतिको प्रकार र माटोको क्षयीकरण हुनु, हिमतालहरुको पानीको आयतन घटनु,हिमरेखा बढि उचाइमा सर्नु,हिमश्रृंखलाहरु पग्लदै जाने, हिमतालहरु फुट्ने खतारा बढदै जानु,हिमाली जडिबुटि, पशुपंछिका वासस्थाहरु रुपान्तरण हुदै जानु,अम्लिय वर्षा हुनु, मकै, आलु जस्ता कृषिजन्य वस्तुहरु समयअवधि भन्दा चाँडो तयार हुनु तथा प्राकृतिक स्वाद नहुनु,
ओजोन तह पातलिदै जाने र ओजोन तहमानै प्वाल पर्न सक्ने खतरा बढदै जानु,
जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण
सोधकर्ताहरुका अनुसार जलवायु परिवर्तनका कारणले पर्ने प्रभावहरु हिमाली भेगमा रहेका देशहरुमा स्पष्ट देखिएको र त्यसको मात्रा पनि बढि हुने अध्ययनबाट देखिएको छ । जलवायु परिवर्तनको मुख्य प्रभाव भनेको पृथ्विको तापक्रम बढनु हो । यसमा मुख्य भुमिका भनेको वायुपण्डलमा कार्वनडाइ अक्साइड (ऋइद्द) को मात्रा बढनु नै हो । हरितगृह ग्यास मध्ये कार्वनडाइ अक्साइड(ऋइद्द) को तापक्रम बढाउनमा ७७५ भुमिका रहेको हुन्छ । विश्वबाट उत्शर्जन हुने कार्वनको मात्रालाई कम गर्न रुख िवरुवा, वन जंगलले महत्व पुर्ण भुमिका खेलेको हुन्छ । पृथ्विबाट उत्शर्जन हुने कार्वन रुखले सोसेर लिने हुनाले हरितगृह ग्यासको प्रभाव कम गर्न वन जंगलले खेल्ने भुमिका अति महत्वपुर्ण रहेको छ । रुख विरुवाले प्रकाश संश्लेषण प्रकृयाबाट वायुमण्डलमा रहेका हरितगृह ग्यासहरु मध्ये कार्वनडाइ अक्साइड लाई सुर्यको प्रकास र पानीको रसायनिक प्रकृयाबाट सिङ्गो जैविक पिण्डमा रुपान्तरण गर्दछ । अर्थात रुखको जति वृद्धि हुदै जान्छ त्यतिनै रुखको तौल बढि हुन्छ र रुखको तौल मध्ये लगभग ५०५ तौल कार्वनको हुन्छ । यसर्थ जति मात्रामा वन जंगल वा रुख विरुवाको मात्रा बढदै जान्छ उति मात्रामा रुख विरुवाले कार्वन संचिती गर्ने भएकाले हरितगृह ग्यासको प्रभाव न्यूनिकरण हुदै जान्छ । वन विनास तथा वनको क्षयिकरणबाट वर्षमा २०५ कार्वन उत्सर्जन हुने अध्ययनबाट देखिएकाले वन विनास र क्षयिकरण घटाउन सकेमात्र पनि २०५ प्रभाव न्युनिकरण गर्न सकिन्छ । हरितगृह ग्यास उत्सर्जनमा कमि ल्याउन विकसित देश हरुको भुमिका उच्चनै हुने गर्दछ । विविध उपायहरुबाट कार्वन कम मात्रामा उत्सर्जन गर्नु आफ्ने ठाँउमा महत्वपुर्ण छ । सहजरुपमा हेर्दा कार्वन ब्यवस्थापनमा वन जंगलको भुमिका महत्वपुर्ण भएकाले सुचिगत रुपमा हेर्दा कार्वन ब्यवस्थापन गर्न निम्न कुराहरुमा ध्यान दिनु पर्ने टडकारो आवश्यकता रहेको छ ः–
वन क्षेत्र तथा आवादी जग्गाको खालि रहेको क्षेत्रमा वृक्षारोपण गर्ने,पुनरुत्पादन ब्यवस्थापन, पोल तथा रुखको उत्पादन तथा दिगो वन ब्यवस्थापनमा जोड दिने,वनमा आगलागि हुन नदिने
वन अतिक्रमण हुनबाट जोगाई वन क्षेत्र घटन नदिने,वनमा हुने अत्याधिक चरिचरणलाई ब्यवस्थापन गरी न्यूनिकरण गर्ने,गह्रा सुधार, छेकवाँध, भिरालो जग्गामा खेति नगर्ने, कुलो निर्माण आदी भु–संरक्षणका कार्यहरु गर्ने,प्लास्टिकजन्य पदार्थको उत्पादन, प्रयोग कम गर्ने,वैकल्पिक उर्जा र नविकरणीय उर्जाको प्रयोगमा जोड दिने,अब्यवस्थित ओद्योगिकिकरणलाई ब्यवस्थित गर्दे लैजाने, वातावरण मैत्री समाज निर्माणको लागि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्नेकृषि प्रणालिमा सुधार गर्ने, किटनासक औषधि, रसायनिक मलखाद्यको प्रयोग कम गर्ने,
जलवायु परिवर्तनका कारक तत्वहरुको उत्सर्जन कम गर्ने र प्रभावलाई न्यूनिकरणका उपायहरुका संग सगै जलवायु परिवर्तन संग अनुकुलन हुने गरी ढाल्दै लैजानु आजको आवश्यकता हो । कृषि प्रणालीमा सुधार ल्याउनु, वदलिदो हावापानी अनुसार खेतीवालि तथा वन वालि प्रणालीमा सुधार गर्दे लैजानु पर्ने हुन्छ । तत्कालिन रुपमा जलवायु परिवर्तनले कृषिवालि, यसको उत्पादकत्व, कृषिवालि तथा वन वालिको ऋयmउयकष्तष्यल, वालि उत्पान हुने समय र स्थानमा परिवर्तन, मानव स्वास्थका साथसाथै दैनिक जिवनयापनमा समेत परिवर्तन देखिएकाले त्यस संग अनुकुलन हुदै जानु आजको आवश्यकता हो । यसमा सवन्धित सरकारी तथा गैह्र–सरकारी निकायहरुको ध्यान जान सकिएको देखिदैन । स्थानिय स्तरमा जिल्ला विकास समिति, जिल्ला वन कार्यालय, जिल्ला कृषि कार्यालय, जिल्ला पशु कार्यालय जस्ता सरकारी निकायहरुले जनचेतनाका कार्यक्रमहरु संचालन गर्ने र जलवायु परिवर्तन संग अनुकुलन हुने खालका कार्यक्रमहरु संचालनमा महत्वपुर्ण भुमिका खेल्नु पर्ने टडकारो रुपमा देखिएको छ ।
 लेखक  तुलाराम घिमिरे, जिल्ला वन कार्यालय, सिं.पा.को स.व.अ.हुनुहुन्छ  

, ,
Lokpriyasamachar@. Powered by Blogger.