पुनर्निमाण सहजिकरणका लागि सार्वजनिक सुनुवाई

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भुककम्पपछिको पुनर्निमाण र पुनस्थापनामा सदाचार कार्यक्रम अन्र्तगत पुननिमार्णमा देखिएको समस्या तथा चुनौतिको खोजी गर्दै समयमा नै पुनर्निमाणको काम सपन्न गर्न सार्वजनिक सुनुवाई कार्यक्रम लिसंखुपाखर गाउँपालिका वडा नं. २ घ्याङडाँडामा गत मंसिर २८ सम्पन्न भएको छ ।

भुकम्पपछिको पुनर्निर्माणमा नागरिकले झेल्नुपरेका अप्ठ्यारालाई सम्बन्धीत निकायलाई  जानकारी गराउने तथा तत्काल समाधान खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । पुननिमार्णमा सदाचार अपनाउन तथा सम्बन्धीत निकायका लागि जवाफदेहि बनाउन गुनासो संकलन केन्द्र, नागरिक सहायता कक्ष सहित सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको  पहिलो चरणमा नागरिकहरुले विभिन्न विषयमा आफ्ना गुनासोहरुलाई लिखित रुपमा गुनासो केन्द्रमा राख्नुभएको थियो । भुकम्प पिडित नामावली नाम छुटेको, भुकम्प अघि घर भए पनि पछि घर नै नभएको नतिजा आएको, घर निमार्ण सम्पन्न गरिसके पनि किस्ता नपाएको, लाभग्राहिमा नाम निस्के पनि सम्झौता नभएको, घर पुर्णरुपमा क्षति भए पनि प्रवलिकरणमा नाम निस्केको, गुठी जग्गालाई  रैकर गर्न नसकेकोले पुनर्निमाण गर्न नसकेको जस्ता गुनासो नागरिकहरुले राखेका थिए ।
सो गुनासो संकलनपछि सार्वजनिक सुनुवाईमा नागरिकहरले पालै पाालोआफ्ना समस्यालाई राखेका थिए ।नागरिकको समस्यालाई जिल्ला आयोजना कार्यन्वयन इकाई(अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार), भवन का प्रतिनिधि क्रमश रवि धिताल र राकेश देवले जवाफ दिनु भएको थियो । उक्त सार्वजनिक सुनुवाइृ कार्यक्रममा   लिसंखुपाखर गाउँपालिकाका प्रमुख कमल नेपाल, उप प्रमुख हेम गंगा मोक्तान, वडा अध्यक्षहरु हस्त बहादुर लामा, काजि लामा र कुमार लामाले समेत आफुले पुनृर्निमाण चरणमा जनप्रतिनिधिको हैसियतले भोग्नु परेका समस्याहरु राख्नु भएको थियो ।
यसै गरि संस्थाद्वारा संचालित परियोजनाका संयोजक दिनानाथ भट्टराईले कार्यक्रमका बारेमा प्रकाश पर्दै सहजीकरण समेत गर्नुभएको थियो । 
जिल्लामा पुनर्निमाणको कार्यमा सदाचारीता प्रबद्र्धन गर्न युरोपीयन युनिएनको आर्थिक सहयोगमा संचालित भुकम्पपछिको पुर्ननिमार्ण तथा पुनस्र्थापनामा सदाचार कार्यक्रम अन्र्तगतको एउटा पक्ष जवाफदेहिता पनि भएकोले सो कार्यक्रम आयोजना गरिएको र विषेश गरि पुर्ननिर्माणमा हुन सक्ने सम्भावित अनियमितता बारे खबरदारि गर्ने परियोजनाको मुख्य उद्देश्य रहेका समेत जिल्ला अधिकृत उमेश विश्वकर्मा बताउनु हुन्छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.