फरार अभियुक्त कार्की पक्राउ

जिल्ला प्रहरी कार्यलयले फरार रहेका हरुलाइ पक्राउ गर्ने कार्यलाइ  तिब्रता दिइरहेको छ  ।  यस सन्धर्बमा सिन्धुपाल्चोक  जिल्ला साबिक फुल्पिङकट्टी गा.बि.स. वडा नं. ४ हाल भोटेकोशी गा.पा. वडा नं. ४ बस्ने चित्र बहादुर कार्कीलाई  पक्राउ गरि अदालत बुझाएको छ । 

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोेक बाट फैसला कार्यान्वयनको सिलसिलामा खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा   पौष ६  गते  सम्बन्धित घर वतनमा फेला पारी  पक्राउ गरि अदालत बुझाइएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी डिएस्पी बिमलराज कणेलले जानकारी गराउँनु भएको छ ।
उँहाका अनुसार सम्मानित अदलतबाट कैद दण्ड जरिवाना तोकी १ बर्ष ३ महिना २७ दिन कैद र १,५०,०० जरिवाना असुल उपर गर्न बाँकी रहेका  वैदेशिक रोजगार ठगी मुद्धाका फरार प्रतिबादीलाइ नियन्त्रणमा लिइ ८ गते  सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश हुदा निज प्रतिबादीलाई कैद भुक्तान र जरिवाना असुल उपरको लागी  जिल्ला कारागार शाखा सिन्धुपाल्चोकमा पठाएको छ । 

,
Lokpriyasamachar@. Powered by Blogger.