मेलम्चीमा ‘फ्रेइ’ परियोजना उद्घाटन

जीविकोपार्जन र सीपविकासमा केन्द्रित रहेर द सेल्भेसन आर्मी नामक अन्तराष्ट्रिय संस्थाको आर्थिक सहयोग एवं द सेल्भेसन मिसन र चाइल्ड नेपालको सहकार्यमा सञ्चालन हुने “ग्रामीण सहभागिता र आत्मनिर्भरताका लागि सहजीकरण (फ्रेइ) परियोजना” आरम्भ भएको छ ।

सेल्भेसन आर्मी इन्डीया इस्टर्न टेरिटोरी लिडर, कमिस्नर लाल्जाम्लोभा र मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले बुधबार मेलम्चीमा एक कार्यक्रमका बीच संयुक्त रुपमा परियोजना उद्घाटन गर्नुभएको हो ।
मेलम्ची नगरपालिका वडा नं. ५ र ६ साविक सिन्धुकोट र तालामाराङमा उक्त परियोजना ३ वर्षको लागि सञ्चालन हुनेछ । जीविकोपार्जन र सीपविकासमा केन्द्रित रहने उक्त परियोजनाबाट न्यून आय भएका किसानहरु मुख्य लाभान्वित हुने परियोजनाको लक्ष्य रहेको छ । कार्यक्रमा बोल्दै मेलम्ची नगरपालिकाका उपप्रमुख नेपालले विभिन्न संघसंस्थामार्फत सञ्चालन हुने कार्यक्रमहरुमा दोहोरोपना नआउने गरि आवश्यक परिमार्जन सहित कार्यान्वयन गर्दै जान सुभाव दिनुभएको छ । साथै उहाँले नगरपालिकासँगको साझेदारीमा गर्न सकिने कतिपय कार्यक्रमहरु सोही अनुसार जान सकिने कुरामा नगरपालिका तयार रहेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष सुदर्शन सिग्देल र जीतराज थापाले आ आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रको सफल कार्यान्वयनमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी सेल्भेसन आर्मिका कस्निर लाल्जाम्लोभाले संस्थाले विश्वका १ साय ३२ देशमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र नेपालमा पनि सहकार्य गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै परियोजनाको उद्देश्य प्राप्तिमा उल्लेख्य सहयोगको अपेक्षा गर्नुभएको छ । कार्यक्रममा विभिन्न संघसंसथाका प्रतिनिधि स्थानीय सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
चाइल्ड नेपाल मार्फत विगतदेखि नै जिल्लामा शिक्षा र बालबालिकाको क्षेत्रमा काम गर्दै आएकोमा नगरपालिकाको समृद्ध नगर निर्माणमा मद्धत पुर्याउने उद्देश्यले थोरै क्षेत्रमा भएपनि जीविकोपार्जनको यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको संस्थाका सचिव रत्न उप्रेतीले जानकारी दिनुभयो ।
परियोजना अन्तर्गत लक्षित क्षेत्रमा सामुदायिक विकास समितिमार्फत विभिन्न पेशागत विकास, मानव अधिकार एवं मानव बेचखिन विरुद्धका जनचेतनामूलक अभियान, पशुपालन, कृषिमा यान्त्रिीकरण विपद् व्यवस्थापन, स्वास्थ तथा सरसफाई लगायतका कार्यक्रमहरु समावेश हुने बताइएको छ । 

,
Lokpriyasamachar@. Powered by Blogger.