प्रमुख जिल्ला अकिारी सहित गुफाडाँडाको अबलोकनमा


नेत्रबहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लामा यही २०७५ पौष १५,१६,र१७ गते हुने जलबायु परिबर्तन सम्बन्धी राष्ट्र्रिय सम्मेलनस्थलको  अबलोकन र ब्यबस्थापनमा जिल्ला सम्मन्वय समिती लागी परिरहेको छ ।




कार्यक्रम स्थलमा सुरक्षा ब्यबस्था र त्यँहाको बस्तु स्थितीका बारेमा प्राय जसो प्रमुख जिल्ला अधिकारी  कृष्ण प्रसाद अधिकारी र प्रहरी उपरीक्षक मुकुन्द मरासिनी जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्ग लगाएतका जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीहरु ले  सम्मेलन स्थलमा नै  गएर त्यँहाको स्थितीका बारेमा छलफल गर्ने गरेका छन ।
सोमबार मात्रै प्रमुख जिल्ला अकिारीका साथै जिल्ला सम्मन्वय प्रमुख तामाङ्ग,उप प्रमुख बालकुमारी सापकोटा जिल्ला प्रहरी प्रमुख,शशस्त्र पहरी सिन्धुपाल्चोक इलाका प्रहरी कार्यलय मेलम्चीका प्रमुखहरुलगायतका टोलीले स्थलगत अनुगमन गरि सदमुकाम आइ पुगेको छ ।  ७७ वटै  जिल्लाका जिल्ला समन्वय प्रमुखहरुको सहभागितामा,जिल्ला समन्वय समिति महासँघ आयोजक र सोको मुख्य ब्यबस्थापन जिल्ला समन्वय समिति सिन्धुपाल्चोक रहेको राष्ट्रिय जलवायु सम्मेलन २०७५ सम्बन्धि बैठकको समुद्घाटन राष्ट्रका प्रधान मन्त्री खड्ग प्रसाद ओली बाट गरिने कार्यक्रम रहेको छ । यसैसन्दर्भमा सुरक्षा ब्यबस्थापनसँग गाँसिएका बिषयहरुको समेत सँम्बोधनका सिलसिलामा उक्त समुह सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नपा९, स्थित करिब २३०० मिटरको दूरीमा रहेकासम्मेलनको कार्यक्रमस्थलमा जिल्ला सम्मन्वय समितीका प्रमुख तथा आयोजक ब्यबस्थापकका प्रमुख कृष्ण गोपाल तामाङ्गको नेतृत्वमा गुफाडाँडा पुगेर सदरमुकाम फर्किएको हो ।
चर्चाको शिखरमा रहेको गुफाडाँडामा हुने यो सम्मेलनका लागी आबश्यक  तैयारी भइरहेको जिल्ला सम्मन्वय समिती सचिवालयका कृष्ण ढकालले बताउँनु भयो ।
सम्मेलन स्वयम सेबक तथा सरक्षा बिभागका प्रमुख कमल नेपालको अध्यक्ष्यतामा मेलम्चीमा बसेको बैठकले सम्मेलन स्थलमा बिशेष सुरक्षा पोष्ट खडा गरेर ठुलो संख्यामा स्वयम सेवक तथा सुरक्षा कर्मीको परिचालन गर्ने निर्ण समेत भइ सकेको छ । यस सम्बनधमा मेलम्ची नगर पालीका, इन्द्रावती गाँउपालीका लगाएत जिल्लाका १२वटै स्थानीय तह हरु यो कार्यक्रम भब्य र सभ्यरुपमा उैतीहासिक तबरले सफल बनाउँन लागी परिरहेका छन । 

, ,