सम्मेलनमा सुरक्षाको विषेश व्यवस्था

सिन्धुपाल्चोक जिल्लामा यही २०७५ पौष १५, १६ र १७ गते हुने जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन स्थलको सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभएको छ ।

राष्ट्रिय जलवायु सम्मेलन प्रचारप्रसार विभागले मंगलबार गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउँनु भएको हो ।  उहाँले सुरक्षालाई दरिलो, भरिलो र बिश्वासिलो सुरक्षाको ब्यबस्था गरिने प्रष्ट पार्दै सम्मेलन सिङ्गो जिल्लाबासीको लागी  शिर उच्च राख्ने गरि सफल पार्न सबैलाइ आग्रह समेत गर्नुभयो । उहाँले आपूm जिल्ला सुरक्षा समितिको अध्यक्ष समेत भएकाले पनी यसलाई अझ जिम्मेवारी पुर्बक काम गर्न पर्ने बताउँदै पुर्ण सुरक्षाको प्रत्याभुती दिलाउँने बताउँनुभयो ।


जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख  प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले जिल्लामा रहेका सुरक्षा फौजको कमी भएको अबस्थामा केन्द्रबाट समेत थप सुरक्षाकर्मीमाग गरेर भए पनि सुरक्षाको पुर्ण र भरपर्दाे व्यवस्था मिलाइने बताउनुभयो ।

सम्मेलन  आयोजनाको ब्यबस्थापक जिल्ला सम्मन्वय समितिका प्रमुख  कृष्णगोपाल तामाङले सम्मेलनमा आउँने पाहुनाहरुका लागी सत्कार गर्न र  सम्मेलनको आयोजनाका लागी करिव एक करोड बराबर खर्च हुने र उक्त खर्चको पारदर्शीता गरिने बताउँदै  हाल सम्म भएका काम हरुको बारेमा जानकारी गराउँनु भएको थियो ।
कार्यक्रममा नागरिक दैनिकका ध्रुब दङ्गालले आगन्तुक पाउनाहरुका लागी बास बस्ने बयबस्था आर्थीक आयश्रोतको ब्यबस्थाका बारेमा भनाइ राख्नु भएको थियो भने रेडीयो सुनकोशीका स्टेशन म्यानेजर यज्ञ दङ्गालले टेलिभिजनमार्फत पनि प्रचारप्रसार गरिन पर्ने बताउँनु भयो । 

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका कोषाध्यक्ष बिदुर  गिरीले पत्रकार महासंघको नाम आयोजक समितीमा राखिएको भएता पनी महासंघलाइ संस्थागत रुपमा जानकारी नगराएको प्रतीध्यानकर्षण गराउँदै  संस्थागतरुपमा अगाडी बढ्न आग्रह गर्नुभयो ।

लोकप्रिय नेत्रज्योती सञ्चार समुहका कार्यकारी प्रमुख नेत्रबहादुर बस्नेतले  जिल्ला बाट प्रकाशित एक मात्र राष्ट्रिय दैनिक लोकप्रिय समचार, लोकप्रिय  अनलाइन लगाएत रेडीयो लोकप्रिय नेत्रज्योती र रेडीयो प्लानेट  जस्ता संञ्चार गृहले सम्मेलनको प्रचार प्रसार गरिरहेको बताउँदै जिल्लाका सबै सञ्चार माध्ययमले प्रचार प्रसारको भुमिका निर्बाह गर्नु पर्ने बताउँनु भयो । 

कार्यक्रमको समापन गर्दै बिभागका प्रमुख युबराज पुरीले जिल्लाबाट सञ्चालित सबै सञ्चार माध्यमलाइ  समान रुपले प्रचार प्रसारका सामाग्री उपलब्ध गराइने  र सोही बमोजिम सहयोग गरिने बताउँनु भयो । उहाँले अब राजधानीमा रहेका संञ्चार कर्मीहरुसँग समेत बसेर छिट्टैै सम्मेलनका बारेमा जानकारी गराइने बताउनुभयो । जिल्ला सम्मन्वय समितिको सभाहलमा भएको कार्यक्रमको सञ्चालन प्रचारप्रसार बिभागका सदस्य तथा पत्रकार महासंघका सचिब दिनेश थापाले गर्नुभएको थियो । कार्यक्रम सञ्चालनको क्रममा आगमी पत्रकार सम्मेलन सम्मेलन स्थल गुफा डाँडामा गरिने बताउनुभयो ।

प्रेस विज्ञप्ती
सिन्धुपाल्चोक जिल्लामा रहेर जिल्ला र केन्द्रमा रहेका पत्रपत्रिका, रेडियो, टेलीभिजन, अनलाईन लगायतका सबैखाले सञ्चारमाध्यममा कार्यरत  सञ्चारकर्मी साथिहरु ।
जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको मुख्य ब्यबस्थापनमा यस सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नंंं ९, ज्यामिरे गुफाडाँडामा मिति २०७५ साल पौष १६ र १७ गते “राष्ट्रिय जलवायु सम्मेलन–२०७५” गर्न लागिएको यहाँहरुलाई जानकारी नै छ । सम्मेलनबारे प्रारम्भिक जानकारीका आधारमा यहाँहरुले सञ्चारमाध्यमहरु मार्फत, समाचार, विचार, जानकारी, रिपोर्ट, तस्बिरको प्रकाशन तथा प्रशारण मार्फत गर्नुभएको सहयोगको उच्च प्रशंसा गर्दै सम्मेलन सफल बनाउन अझ सक्रिय र उच्च प्रकारको समन्वयको अपेक्षा गर्दछौं ।
पत्रकार सम्मेलन मार्फत अहिलेसम्म भएका तयारीको जानकारी प्रदान गर्दैछौ भने कार्यक्रम सफल बनाउन यहाँहरुको सुझाबको समेत अपेक्षा राखेका छौं ।
जलवायु परिवर्तनका कारण सिन्धुपाल्चोक जिल्ला, देश अनि विश्वभर नै परिरहेको नकारात्मक असरका बारेमा बेलाबेलामा छलफल तथा बहस हुँदै आएका छन्, स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकुलनको योजना बनाउने तयारी गरिरहँदा हामीले यो सम्मेलन आयोजना गरेका छौं । सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र र हुने छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरि जलवायु अनुकुलन योजना निर्माणबारे सन्देश दिने र यसबारे सबैलाई झकझकाउने सम्मेलनको मुल ध्येय रहने छ ।
औद्योगिक मुलुकहरुले उत्सर्जन गर्ने कार्वनको मार खेपीरहेका हामीले सम्मेलन मार्फत केन्द्र सरकार र सरकार मार्फत यस्ता मुलुकहरुबाट कार्वन उत्सर्जन गरेबापत हाम्रो जस्ता कार्वन उत्सर्जनबाट मार खेपिरहेका मुलुकलाई शुल्क तिर्नुपर्ने व्यबस्था होस भनेर दबाब दिने विषयमा पनि सम्मेलनमा छलफल हुने छ ।
केन्द्रीय राजधानी काठमाण्डौलाई पिउने पानी उपलब्ध गराउने मेलम्ची मुहानको समेत अवलोकन भ्रमण गराई सोही आसपासको गुफाडाँडामा कार्यक्रम आयोजना गर्नुको अर्को उदेश्य जलवायु परिवर्तनका कारण हिमालयहरुमा हिउँ नपर्ने समस्याले भोलिका दिनमा मुहान सुकेर सुरुङमात्रै बाँकि रहने त हैन भन्ने गम्भिर प्रष्नमा पनि छलफल होस भन्ने आयोजकको चाहना छ । मेलम्ची लगाएत जिल्लाका नदिनालामा बन्ने आयोजनाहरुबाट जलवायु परिवर्तनमा पर्ने असर न्युनिकरण र असर वापतको स्थानियतहमा शुल्क व्यबस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुने छ ।  सम्मेलनपछि सुन्दर हिमाली क्षेत्र गुफा डाँडा र आसपासका गाउँहरुले पर्यटक आकर्षण गर्नेछन् भन्ने पनि हाम्रो अपेक्षा छ । यो सम्मेलनले त्यस क्षेत्र र समग्र जिल्लाकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने हाम्रो विश्वास छ । यही विश्वासले स्थानीय समेत सम्मेलन सफल बनाउन जुटेका छन् । सम्मेलनपछि जिल्लाका कतिपय नकारात्मक विषयलाई चिर्दै सकारात्मक सन्देशको माध्यमबाट जिल्लाको प्रचार हुने पनि हाम्रो विश्वास छ ।
सम्मेलनमा सिन्धुपाल्चोक बाहेकका ७६ वटै जिल्लाका प्रमुख, उपप्रमुख सहित एक जिल्लाबाट तीन जनालाई निम्त्याईएको छ । सम्मेलन स्थलमा पोलमा ७७ वटै जिल्लाको नाम अंकित नेपालको झण्डा राखिने छ । सम्मेलनका क्रममा जिल्ला समन्वय समितिका प्रमुखहरु वा लिखित अख्तियारी प्राप्त समन्वय समितिका अन्य अधिकारीले प्रमुख अतिथिले संगै नाम अंकित झण्डोतोलन गर्ने छन् । प्रमुख अतितिका लागि सम्माननीय प्रधानमन्त्री ज्यूलाई आयोजक मार्फत निम्ता गरिसकिएको छ । प्रमुख अतिथिले पनि कार्यक्रममा ७८ औं झण्डोत्तोलन गर्नुहुने छ । कार्यक्रममा प्रदेश नं ३ का मुख्य मन्त्री, मन्त्रीहरु, सिन्धुपाल्चोकका संघ तथा प्रदेशका माननियज्युहरु, सबै नगरपालिका तथा गाउँपालिकका प्रमुख तथा उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायहरुका प्रमुख, कार्यालयका प्रमुखहरु लगाएतको सहभागिता रहने छ । यसैगरि सम्मेलनको मुल विषय जलवायु परिवर्तन सम्बन्धी विषय विज्ञ र सम्बन्धीत मन्त्रालयका अधिकारीको पनि सम्मेलनमा सहभागिता रहने छ । सम्मेलनमा जिल्ला र काठमाण्डौमा रहेका सञ्चारकर्मीहरुको उपस्थितिको अपेक्षा गरेका छौं । यसका लागि सुचना सञ्चार तथा प्रचार विभागले समन्वय गर्ने छ । कार्यक्रम स्थलमा प्रवेश गर्ने सबैले अनिवार्य रुपमा आयोजकले उपलब्ध गराएको पास लगाउनुपर्ने छ ।
कार्यक्रम स्थलमा जलवायु परिवर्तनको असर देखिने स्ट्याचुको निर्माणकार्य सुरु गरिएको छ । विद्युत प्राधिकरण मार्फत विजुली, क्यान ३ नं प्रदेश मार्फत फ्रि वाईफाई, मेलम्ची नगरपालिका र इन्द्र्रावती गाउँपालिका मार्फत सडकको काम भईरहेको छ । यी सबै काम कार्यक्रमको एकसाता अघि नै सकिने छ ।
मुल आयोजक समिति बाहेक विभिन्न १२ वटा विभाग निर्माण गरि सबै विभागले जिम्मेवारी बहन गरिरहेका छन् । कार्यक्रमको तयारी उत्साहजनक तबरले अघि बढिरहेको छ, हामी कार्यक्रम स्थल, बसोबास लगाएतका सबै क्षेत्रमा अन्तिम तयारी गरिरहेका छौं । कार्यक्रम गर्न लाग्ने खर्च प्रतिवद्धता अनुसार उठ्ने क्रम जारी छ । सम्मेलनमा भाग लिन आउने पाहुनाका लागि बसोबासको व्यबस्था मिलाईसकिएको छ, भने सुरक्षाको तयारी पनि गरिएको छ । सम्मेलन स्थललाई मध्यपान र धुम्रपान निषेधित क्षेत्र बनाईने छ ।
कृष्ण गोपाल तामाङ
प्रमुख, कार्यक्रम मुल आयोजक समिति तथा  जिल्ला समन्वय समिति सिन्धुपाल्चोक

,
Lokpriyasamachar@. Powered by Blogger.