वैज्ञानिक वन व्यवस्थापनः एक सिंहावलोकन

हेमचन्द्र महतो–

परिचयः
सामाजिक, आर्थिक तथा वातावरणिय हिसावले उपयुक्त र वनले प्रदान गर्ने बस्तु तथा सेवाको निरन्तरता वा बृद्धि हुने गरी गरिने वन ब्यवस्थापनलाई वैज्ञानिक वन व्यवस्थापन भनिन्छ । वैज्ञानिक वन ब्यवस्थापन हुन ब्यवस्थापन कार्य वन संवर्धन प्रणाली (क्ष्खिष्अगतिगचब िकथकतझ० मा आधारित, मापनको आधारमा निर्णय वन विज्ञानका सिद्धान्तहरुको पालना आर्थिक प्रभावकारीताको लेखाजोखा सुशासन अभिबृद्धि हुनै पर्दछ ।
नेपालको कूल क्षेत्रफल मध्ये ४४.७४ % क्षेत्र वन जंगलले ढाकेको छ । बर्षेनी अर्बौ रकमको काठ विदेशबाट आयात गर्नु परेको अवस्था छ । तराईमा सालको बाहुल्य चौडापाते मिश्रित वनहरु बुढा, धोद्रा र यखभच mबतगचभम भइसकेको छ । वनहरु प्राय संरक्षणमुखी रहेको देखिन्छ । वन ऐन, २०४९ ले संरक्षण र व्यवस्थापन गर्न सक्ने राष्ट्रिय वन क्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण गर्ने प्रावधान भए तापनि व्यवस्थापन तर्फ खासै चासो नरहेको छ । सामुदायिक वनहरुमा वैज्ञानिक वन व्यवस्थापनको यथेष्ट रुपमा संचालन भएको अवस्था छैन् । वन क्षेत्रबाट देशको माग अनुसार वन पैदावार उत्पादन नभएको देखिन्छ । संरक्षणमुखी वनले हरियाली बढेको तर माघ अनुसारको उत्पादन नभएको देखिन्छ । वनको व्यवस्थापनमा दिगोपना ल्याउनु जरुरी छ ।
वर्तमान अवस्थामा “वैज्ञानिक वन व्यवस्थापन” निर्विकल्प छ । दिगो वन व्यवस्थापनको लागि चाहिने नीति, श्रोत साधन, जनशक्ति र औजार जस्ता मुख्य आधारहरुको साथै दृढ इच्छाशक्तिको अति आवश्यकता  रहेको छ । तराइका २० जिल्लामा करीब ४ लाख ९३ हजार ३ सय ७९ हेकटर वन क्षेत्र संरक्षित क्षेत्र, सामुदायिक, साझेदारी तथा राष्ट्रिय वन क्षेत्रको रुपमा रहेको छ । यस मध्ये ५०% वन क्षेत्रमा मात्र वैज्ञानिक वन व्यवस्थापन लागू गर्दा बार्षिक करीब १५ अर्बको अर्थतन्त्रमा योगदान पुरयाउन सकिने अनुमान गरिएको देखिन्छ ।
वैज्ञानिक वन व्यवस्थापन बाट राज्यलाई नियमित राजस्व लाभ, सहज काठ दाउराको आपूर्ती, रोजगारीको श्रृजना, वनको हैषियतमा सुधार हुने निश्चित देखिन्छ । प्रदेश नं. ३ का १३ जिल्ला मध्ये चितवन, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखाको केहि सामुदायिक वन क्षेत्रहरुमा वनको वैज्ञानिक व्यवस्थापन भईरहेको अवस्था छ ।
बारा, रौतहट, नवलपरासी, रुपन्देही, कैलाली आदी अन्य प्रदेशका तराइका जिल्लाहरुमा सघन रुपमा वन सम्वद्र्धन कार्यक्रम लागू भईरहेको छ । बाराको गढीमाई साझेदारी वन, रौतहटको हातेमालो सामुदायिक वन, चन्द्रपुर ४ र ६, मकवानपुरको डिपाड सामुदायिक वन, पशुपति सामुदायिक वन र मनकामना सामुदायिक वन, नवलपरासीको मध्यविन्दु न.पा. को हरियाली समुदायिक वन, चकला वन आदी वनहरुको वैज्ञानिक व्यव्स्थापन भईरहेको छ ।
वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनामा सुधार गर्नुपर्ने क्षेत्रहरुः
हाल नेपालमा संचालन भईरहेका वनहरुको वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनाहरुमा दिगो वन व्यवस्थापनका स्पष्ट सुचकहरु सुचिकृत भएको देखिदैन । उद्देश्यहरुलाई अल्पकालीन र दीर्घकालीन उद्देश्यहरु भनि तोकिएको तर उद्देश्यहरु क्ःब्च्त् हुनुपर्दछ । पूर्व स्वीकृत कार्ययोजना र नयाँ बनाइने कार्ययोजना बीचको सिकाईहरु स्पष्टरुपमा लेखिनु पर्दछ । वनको सम्वद्र्धन समबन्धि कृयाकलापहरुको साथै समुहको संस्थागत विकास, क्षमता विकास, मानवस्रोतको विकास, महिला सशक्तिकरण लगायत अन्य विकासका कृयाकलापहरुमा पनि विशेष महत्व दिइनु पर्दछ ।
वैज्ञानिक वन व्यवस्थापनको सवाल तथा चुनौतिः
वैज्ञानिक वन व्यव्स्थापन कार्यक्रम कार्यान्वयन गर्दा केही सवालहरु पनि छन्, ति सवालहरुको सम्बोधन गर्नु नै मुख्य चुनौतिको रुपमा रहेको देखिन्छ । कार्ययोजनामा बिजनेस प्लान समेतको योजना हुनु पर्ने, स्थानीय स्तरमा दक्ष जनशक्तिको अभाव, स्थानीय स्तरमा श्रोत साधनको कमी, सरोकारवाला संस्थाहरु बीच समन्वय र बुझाईको अभाव, वन विज्ञहरुको ज्ञान तथा धारणामा एकरुपता आदि मुख्य सवालहरु हुन् । वनमा सुशासन कायम गर्नु, मार्गदर्शन समय सापेक्ष परिमार्जन गर्दै लानु, दक्ष प्राविधिकको आपूर्ती, वनको जभबतिज ७ खष्तबष्तिथ मा विशेष रुपमा ध्यान दिनु पर्ने देखिन्छ ।
वैज्ञानिक वन व्यवस्थापनको सिकाई एवं सुझावहरुः
वनको भौगोलिक अवस्था अनुसार दष्यभलनष्लभभचष्लन तचभबतmभलत, मभनचबमभम बिलम चभजबदष्ष्तिबतष्यल गर्न उपयुक्त उपचार गर्नु जरुरी छ । वनको दिगो व्यवस्थापन गर्ने कार्यक्रम उत्पादनमूलक प्राय सबै वनमा लागू गर्नु पर्दछ । वन कर्मीहरुको ज्ञानलाई समय सापेक्ष फराकिलो गर्दै लग्नु पर्ने र सोही अनुसारको अवसरहरु प्रदान गर्नु पर्दछ । वैज्ञानिक वन व्यव्स्थापन गर्न सम्बन्धित वन समुहहरुमा पर्याप्त बजेटको व्यवस्था हुनु पर्दछ । वनको प्रत्येक सब–कम्पार्टमेन्टमा काठ मात्र उत्पादन गर्ने कार्य भन्दा पनि संगसंगै आवश्यकता अनुसारको सवै किसिमका यउभचबतष्यलरतचभबतmभलत हरु कार्यान्वयन हुनुपर्दछ । सरोकारवाला सरकारी निकाय, फिल्ड कार्यालय, उपभोक्ता तथा अन्य बीच समन्वय तथा समयमा नै  कार्यसंचालन गर्न जरुरी देखिन्छ । सबै सरोकारवालाहरुमा सहकार्य र सकारात्मक भावनाको विकास हुनुपर्दछ ।
अवको बाटोः
बन विज्ञानका आवश्यक सिद्दान्तहरुलाइ पूर्णतः कार्यान्वयनमा ल्याउन कार्यान्वयनमा आउन सक्ने समस्या समाधानको उपाय खोजि वर्तमान कानुनलाई अझै व्यवहारिक बनाउदै वनको सुशासन अवस्था सुधार ल्याउन विशेष जोड दिनु पर्ने देखिन्छ । समृद्ध नेपाल सुखी नेपालीको नारालाई सकार पार्न तराई, पहाड र हिमालमा प्रजाति र उद्देश्य अनुसार वैज्ञानिक वन व्यवस्थापन योजना तयार गरि कार्यान्वयन गर्नु पर्ने देखिन्छ । प्रविधिमैत्रि, स्पष्ट र व्यवहारिक नीति तथा कानुन निर्माण गर्नु पर्दछ । प्राविधिक र सम्बन्धित सरोकारवालाहरुमा वैज्ञानिक वन व्यवस्थापनको वुझाइमा एकरुपता ल्याई राष्ट्रिय रुपले कार्यान्वयन गर्नुपर्दछ ।
(लेखक डिभिजन वन कार्यालय, सिन्धुपाल्चोकका स.वन अधिकृत हुनुहुन्छ)



, , , ,
Lokpriyasamachar@. Powered by Blogger.