सञ्चारको विकास भएमात्र देशको विकास

सञ्चारको विकास भएमात्र देशको विकास हुने भएकोले सञ्चारको पहिलो विकास गर्नपर्ने आजको आवश्यकता रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष तिर्थबहादुर श्रेष्ठले बताउनुभएको छ ।
उहाँले खानेपानी तथा स्वास्थ्य एवम् स्थानीय विकास गरेर मात्र मानिसमा परिवर्तन नआउने बताउँदैे सञ्चार षेत्रको ठुलो आबश्यक रहेको ले सबैले यस सम्बन्धी ज्ञान हासिल गर्न पर्ने बताउँनुभयो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं ८को  सहयोगमा  भएको समचार बाचन तथा  लेखन प्रशिक्षण कार्यक्रमको उद्धघाटन गर्दै वडा अध्यक्ष श्रेष्ठले त्यस्तो बताउँनु भएको हो ।


उहाँले सञ्चार क्षेत्रको  बिकाश भए मात्र मानीसहरुमा सकारात्मक सन्देश  जाने भएकाले आफ्नो वडाले यस बिषयमा सहयोग गरिरहेको बताउँनु भयो । उँहाले सञ्चारको विकास भएमात्र स्थानीय नागरिकको आयआर्जनमा बृद्धी हुने हरेक कुराको ज्ञान प्राप्त हुने हुँदा यसको विकासका लागी सबै  लागी पर्न पर्ने बताउँनु भयो ।
लोकप्रिय नेत्रज्योती सञ्चार समूहले आयोजना गरेको तिन दिने प्रशिक्षणमा उक्त वडाका २३जनाले प्रशिक्षण लिइरहेका छन भने  रेडीयोको बिषयमा कसरी निर्माण भयो समचार कसरी लेख्ने कसरी बाचन गर्ने भन्ने बिषयमा रेडीयोकर्मी कर्मा लामा र दिपक खत्रीले प्रशिक्षण दिनु भएको थियो ।
चौतारा साँगाचोक गढी वडा नं ८ को सामुदाय सभाहलमा भएको उक्त कार्यक्रममा उत्कृष्ठलाई लोकप्रिय सञ्चार समुहले रोजगारीको समेत ब्यबस्था ागर्न लागेको समुहका कार्यकारी प्रमुख नेत्र बस्नेतले बताउँनु भयो ।
कार्यक्रममा समूहका नगर संयोजक कृष्णबहादुर ठकुरी, दिपक खत्री, कर्मा लामाले शुभकामना मन्तब्य राख्नु भएको थियो भने उद्घाटन सत्रको अध्यक्षता राधिका गिरीले गर्नु भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.