फरार प्रतिबादी तामबहादुर पक्राउ

सिन्धुपाल्चोक जिल्ला प्रहरीकार्यलयले फरार कैदी पक्राउ गरी  अदालतमा बुझाएको छ  । जिल्ला प्रहरी कार्यलयलका अनुसार सोमबार साबिक बतासे गा.बि.स. वडा नं. १  हाल चौतारा साँगाचोक गढी न.पा. वडा नं. २ बस्ने ताम बहादुर तामाङ  लाइ पक्राउ गरि अदालत बुझाएको हो ।
अदलतबाट कैद दण्ड जरिवाना तोकी कारागार शाखा  सिन्धुपाल्चोकमा कैद भुक्तान गरि रहेका ज्यान मार्ने उद्योग मुद्धाका तामाङ्ग २०७२ सालकोे भुकम्पको बेला  फारार रही सम्पर्कमा नआएको र निज प्रतिबादीको १ बर्ष ७ महिना २०दिन कैद भुक्तान गर्न बाँकी रहेको  हुँदा  निज प्रतिबादीको जिल्ला प्रहरी  कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा मिति मंसीर१७ गते .जलबिरे स्थित जलबिरे बजारमा फेला पारी  ई.प्र.का. जलबिरेको सहयोगमा पक्राउ गरी  कार्यालमा दाखिला गरेकोमा  तामाङलाई १७गतै नै  सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले १बर्ष ७ महिना २० दिन बाँकी कैद भुक्तानको लागी जिल्ला कारागार शाखा चौतारामा पठाएको   जिल्ला प्रहरी कार्यलयले जनाएको छ  ।

,
Lokpriyasamachar@. Powered by Blogger.