मेलम्चीमा खोज तथा उद्धार सम्बन्धी तालिम

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालीकामा तिन दिने तालीम शुरु भएको छ ।
सामुदायीक विकास तथा वातावरण संरक्षण मन्चको आयोजना र कारीतास स्विजरल्याण्डको सहयोगमा ३ दिने आधारभुत खोज तथा उद्धार सम्बन्धी तालिम सोमबार बाट मेलम्चीमा सुरु भएको हो  । विपद् ब्यबस्थापन योजनामा समावेश भएको खोज तथा उद्धार कार्यदलका सदस्य हरुका साथै  विभिन्न विद्यालयका प्रतिनिधी गरि गरी २५ जना ले तालिम लिइरहेका छन । यो तालीम  प्राप्त भए पछी बिपदका बेला आपत्कालनि सहयोगका लागी ठुलो मद्धत पग्ने भएको छ । 
शसस्त्र प्रहरी बल विपद् ब्यबस्थापन महाशाखाँका प्रहरी निरिक्षक लक्ष्मण बस्नेतको टोलीले तालिमको सहजीकरण गरीरहेको छ । सामुदायीक विकास तथा वातावरण संरक्षण मन्च सिन्धुपाल्चोकका कार्यक्रम संयोजम इच्छाराम सापकोटाका अनुसार यो तालीमका लागी कारितासले सहयोग उपलब्ध गराएको हो  ।

,
Lokpriyasamachar@. Powered by Blogger.