हेल्पद्वारा विद्यालयलाई सहयोग

 हेलम्बु एजुकेशन लाइब्लीहुड पार्टनर शिप (हेल्प) को सहयोगमा शुक्रबार मेलम्ची नगरपालिका १२ मा रहेको कालिका माध्यमिक विद्यालयलाई ८ थान कम्युटर सहित १४८ जना विद्यार्थिहरुलाइ झोला वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले कम्युटरको सदुपयोगमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले  विद्यार्थिहरुलाई मिहेनत गर्दै राम्रो सँग पढ्न आग्रह गर्दै सहयोगि सँस्थालाइ धन्यवाद ब्यक्त गर्नुभयो । साथै आजै सोहि वडामा रहेको सरस्वति आधारभुत विद्यालयका ९६ जना विद्यार्थिहरुलाइ पनि शैक्षिक सामाग्रि सहितको झोला वितरण गरीएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य धना खतिवडाले शिक्षाको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउदै सहयोगि संस्था प्रति आभार समेत ब्यक्त गर्नुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.