मेलम्चीमा बालकको मृत्यु, हत्याको आशंका

देवराज सुवेदी/सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मेलम्चीमा ७ बर्षका बालकको मृत्यु भएको छ ।
शनिबार साँझ ६ ३० बजेको समयमा मेलम्ची नगरपालिकाका टंक प्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तिन पाटन गाउँपालिका २ का दिपक मगरका छोरा उमेश मगरको मृत्यु भएको हो ।  सोहि  घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा बालकलाइ मृत भेटिएको हो । बालकको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । 
माधक पदार्थ सेवन गरी फरक फरक नाम बताउने एक महिलाले हत्या गरेको आशंकमा प्रहरीले उक्त महिलालाइ नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यलय मेलम्चीमा अनुसन्धान थालेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । मृतक बालकको पोष्ट माटमका लागि काठमाडौंका शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.