सिन्धुपाल्चोकमा खानेपानी र शौचालय निर्माण २ हजार २ सय ८७ घरधुरीका १२ हजार ४ सय ४१ लाभान्वित


लोकप्रियसमचार
सिन्धुपाल्चोक । अक्सफाम नेपालले ग्लोबल अफेयर्स क्यानडाको सहयोगमा सिन्धुपाल्चोकका तीन साझेदार संस्थामार्फत २ हजार २ सय ८७ घरधुरीमा खानेपानीको सुविधा पुर्याएको छ । यहि अबधिमा १६ वटा विद्यालयमा पक्कि शौचालय निर्माण सम्पन्न भएका छन्, जसबाट ३ हजार ७ सय २५ जना लाभान्वित भएका छन् ।


सिन्धुपाल्चोकका गैरसरकारी संस्थाहरु जनहित ग्रामिण सेवा समिति, ग्रामिण महिला सृजनशील परिवार र महिला आत्मनिर्भता केन्द्रसंगको सहकार्यमा अक्सफामले दुइ बर्षमा २३ वटा खानेपानी आयोजना मार्फत २ हजार २ सय ८७घरधुरीमा पुगेको हो । यो अबधिमा कुल ६ करोड ८ लाख ३३ हजार खर्च गरि ११ हजार ४ सय ४१ जना लाभग्राहिलाई प्रत्यक्ष फाईदा पुगको अक्सफामले जनाएको छ ।शुक्रबार जिल्लाका सञ्चारकर्मीहरुलाई साझेदारसंस्थाहरुको आयोजना निर्माणको स्थलगत अबलोकन गराएर दुईबर्ष यताको खर्च र उपलब्धि सार्वजनिक गरिएको हो । 

अक्सफामका चौतारा स्थित जनस्वास्थ्य इन्जिनियर राजन श्रेष्ठका अनुसार यो अबधिमा जिल्लाका जुगल गाउँपालिका, चौतारासाँगाचोकगढि नगरपालिका, बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, मेलम्ची नगरपालिका र हेलम्बु गाउँलिकाका विभिन्न वडामा खानेपानी आयोजना, विद्यालयमा शौचालय र सार्वजनिक शौचालय निर्माण गरिएका छन । इन्जीनियर श्रेष्ठका अनुसारसबै योजना, बालमैत्री, अपांगमैत्री र लैंगीकमैत्री निर्माण गरिएका छन् ।

जनहित ग्रामिण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले अक्सफामसंगको साझेदारीमा संस्थामार्फत १२ वटा खानेपानी योजना, ११ वटा विद्यालयमा शौचालय र एउटा सार्वजनिक शौचालय निर्माण गरिएको जानकारी दिनुभयो । कार्यकारी निर्देशक शर्माका अनुसार भूकम्पले क्षति पुगेका र नयाँ गरि निर्माण सम्पन्न गरिएका खानेपानी योजनाबाट १ हजार ४ सय ६५ घरधुरीका ७ हजार ५ सय ९७जना लाभान्वित भएका छन् । यसका लागि कुल २ करोड ७४ लाख ८ हजार ४ सय ५९ रुपैंयाँ खर्च भएको छ । निर्माण सम्पन्न ११ वटा विद्यालयका शौचालयबाट शिक्षक र विद्यार्थी गरि ३ हजार २२ जना प्रत्यक्ष लाभान्वित भएको जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रम संयोजक न्यौपानेका अनुसार विद्यालयमा शौचालय निर्माणका लागि ८३ लाख ९२ हजार ९ सय ९१ रुपैंया खर्च भएको छ । निर्माण गरिएका सबै विद्यालयमाका शौचालयमा पानीको समेत व्यबस्था गरिएको जनहितका जनस्वास्थ्य इन्जिनियर मदन सुवेदीले जानकारी दिनुभयो ।

अक्सफामले साझेदारसंस्थाहरुमार्फत जनस्वास्थ्य प्रवद्र्धनका कार्यक्रम पनि संचालन गरेको छ । जसमासरसफाई, स्वच्छता र चेतनामुलक कार्यक्रम सञ्चालन गरेको जनस्वास्थ्य प्रवद्धन अधिकृत राजिव अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार कार्यक्षेत्रका विद्यालय र समुदायमा महिनावारी स्वास्थ्य व्यबस्थापन, पानी सुद्धिकरण, समुदायको सरसफाई जस्ता कार्यक्रम गरिएका छन् । यस्ता कार्यक्रम स्थानिय तहका महिला स्वास्थ्य स्वयंमसेविकाहरुको सहयोगमा समेत सम्पन्न गरिएको जनहितकी जनस्वास्थ्य प्रवद्धन अधिकृत सुरुचि पाण्डेले जानकारी दिनुभयो ।

यसैगरि महिला आत्म निर्भरता केन्द्रले अक्सफामको सहयोगमा ४ वटा खानेपानी  योजना निर्माण सम्पन्न गरेको छ । निर्माण सम्पन्न योजना मार्फत ३ सय ६५घरधुरीका १ हजार ८ सय ३७ जनसंख्या प्रत्यक्ष लाभान्वित भएको केन्द्रका कार्यक्रम संयोजक उमेश नकर्मीले जानकारी दिनुभयो । खानेपानी निर्माणका लागि १ करोड ५४ लाख ७२ हजार ८ सय ८४ रुपैंया खर्च भएको  उहाँको भनाई छ । नकर्मीका अनुसार यो अबधिमा १८ लाख २४ हजार ४ सय १४ खर्च गरि ३ वटा विद्यालयमा पानीको सुविधा सहितको पक्कि शौचालय निर्माण गरिएका छन्  । जसबाट ४ सय २५ लाभान्वीत भएका छन् ।

अक्सफामको अर्को साझेदार संस्था ग्रामिण महिला सृजनशील परिवारले यो अबधिमा ७ वटा खानेपानी योजना निर्माण सम्पन्न गरेको कार्यक्रम संयोजक ओम तामाङले जानकारी दिनुभयो । यसका लागि१ करोड ८२ लाख खर्च भएके छ । जसबाट ४ सय ५७घरधुरीका २ हजार ९ सय ७७ जना लाभान्वित भएका छन् । संस्थाले एक सार्वजनिक शौचालय र दुईवटा विद्यालयमा शौचालय निर्माण गरेको उहाँले बताउनुभयो ।


, , , ,
Lokpriyasamachar@. Powered by Blogger.