मध्यभोटेकाशी आयोजना समयमा नै पुरा हुने

मध्यभोटेकोशी जलविद्युत आयोजनाले निर्धारित समयभित्रै काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ  । आयोजनाले  आयोजना प्रभावित स्थानीयसँग गरेका लिखित सहमती पूरा गर्ने प्रतिवद्धता जनाए सागै  समयमा नै कार्य सम्मपनन हुने भएको हो  ।

मध्यभोटेकोशी जलविद्युत आयोजनाले स्थानीयको कुनै माग पूरा नगरेको र स्थानीय सरकारलाई बेवास्ता गरेको भन्दै बाह्रविसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा केही दिनअघि लिखित उजुरी गरेको थियो ।
सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयको मध्यस्थतामा आयोजनाका प्रतिनिधि, आयोजना प्रभावित भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकाका प्रमुख, प्रभावित क्षेत्रका स्थानीयका प्रतिनिधि लगायतसँग भएको संयुक्त छलफलपछि आयोजनाका अधिकारीहरुले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कतिपय निर्णय बोर्डले गर्नुपर्ने भएकाले छलफलमा उठेका सवालहरु बोर्डमा लैजाने प्रमुख मणिकुमार काफ्लेले बताउनुभयो  । यसअघि आयोजनाले गाति, मार्मिङ, मानेश्वाँरासहित साविकका पाँच गाविसमा सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक बजेट दिएर विकासका विभिन्न कामहरु गर्ने प्रतिवद्धता जनाएको थियो ।
तर, काम नभएकोमा स्थानीयबासी आक्रोशित  भएका थिए । यो प्रतिबद्धता सँगै मधयभोटेकोशीको ढिलाइ भएका कामहरु अब सुचारु रुपले अगाढी बढ्ने भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.