लैङ्गिक हिंसा विरुद्धको अभियान समापन

लैङ्गिक हिसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ शुरु भएको लैङ्गिक हिसा बिरुद्धको १६ दिने  अभियान समापन  भएको छ ।



सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढि नगरपालिकाको आयोजनामा भएको कार्यर्क्रमका प्रमुख अतिथि जिल्ला सम्मन्वय समितिका प्रमुख  कृष्ण गोपाल तामाङ रहनु भएको थियो भने  विशेष अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी चौेतारा साँगाचोक गढी नगरपालिकका प्रमुख अमानसिह तामाङ्ग  रहनु भएको थियो। अन्तराष्ट्रिय मानवअधिकार दिवस तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान समापन कार्यक्रम मा  कानुनि सचेतना कार्यक्रम समेत गरिएको थियो । कानुनि सहयोग तथा  परामर्स केन्द्र लगायतका सस्थाहरुबाट सयोजन भएको उक्त कार्यक्रममा कानुनी सहयोग तथा परामर्स केन्द्रका जिल्ला संयोजक चन्द्रकुमार बस्नेतले बर्तमान अवस्थाका कानुनी प्रावधानहरुको बारेमा सहभागीहरुलाई कानुनी सचेतना गराउनु भएको थियो ।
अधिबक्ता चन्द्रबहादुर बस्नेतले महीला हिसां सम्बन्धी बर्तमान कानुनले गरेको ब्यबस्था र यसका लागी अपनाउँन पर्ने कार्यहरका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा उप प्रमुख जानुका पराजुलीले महीलाहरुको पिडा र उनीहरुको समस्याका बारेमा  सबै पक्षलाइ जानकार भए पनी अझै पनी केही पक्षबाट यसलाइ बेवास्था गरिरहेको अभास भएकाले  महीला  हरुको लागी बिशेष कानुनी परामर्श कार्यक्रम टोल टोलमा गर्न पर्ने बताउँनु भयो । नगर प्रमुख अमानसिंह तामाङ्गले महिला हिंसा मुक्त नगर घोषणा गर्नका लागी सबै लागी पर्नु पर्ने र समृद्ध नगर निर्माणमा महीलाहरुले खेल्ने भुमिकाको अती  महत्व हुने हुँदा यस तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । 
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले प्रमुख आतिथ्यताको आशनबाट बोल्दै महिला हिंसा बिरुद्धको अभियानलाइ  अभियानको रुपमा मात्र होइन यसलाइ ब्यबहारमा उतारेर काम गर्न सबैलाइ आग्रह गर्नु भयो । उँहाले कानुन लेखेर मात्र हुदैन, लेखिएका कानुनहरु दिनानुदिन ब्यवहारमा प्रयोग भएमा मात्र कानुन लेखिएको सान्दर्भिकता हुने बताउनु भयो ।
कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले महीलाहरु लगाएत समाजमा बोल्न नसक्ने तथा पिछडिएकाहरुलाइ बिशेष प्रथमिकताका साथ  उनीहरुको पक्षमा सहयोग गर्न पर्ने बताउँनु भयो ।  चौतारा सागाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रममा त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द मरासैनिले लैगिक हिंसा बिरुद्धका घटनाहरु न्यूनिकरणकालागी प्रहरी संगठन सधै क्रियाशिल हुने बताउनु भयो ।
कार्यक्रममा महिला संजालका पदाधिकारीहरु, महिला मानवअधिकार रक्षकहरु लगायत बिभिन्न सरोकारवालाहरुले महलिा हिंसाको समबन्धमा आफ्रना भनाइ राख्दै बिगतमा भउका घटनालाइ हेरेर आगमी दिनमा सर्तकता अपनाउँन पर्ने बताएका थिए। कार्यक्रममा महीला प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

,
Lokpriyasamachar@. Powered by Blogger.