निर्मलाको न्यायको लागि कविता

बलात्कार पछि हत्या भएकी निर्मला पन्तको हत्यारा खोजी गर्न दबाब दिने उद्धेश्यले चौतारामा कविता वाचन भएको छ । चौतारामा सञ्चालन भईरहेको नियमित शब्द सारथीको विशेष शृङ्खलाको रुपमा बिहीबार सो कविता वाचन गरिएको हो ।
चौताराको टुडिखेलमा भएको सो कार्यक्रममा जिल्लामा क्रियासिल २० भन्दा बढि कविहरुले सरकारको लाचारिपना तथा निर्मलाले न्याय पाउनुपर्ने विषयमा आफ्नो सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा निर्मला हत्याको साँकेतिक विरोध स्वरुप जमिनमा मानव आकृती निर्माण गरी यौनाङ्ग क्षतविक्षत भएको स्केच बनाइएको थियो ।

विशेषगरी निर्मलाको हत्याराको प्रमाण लुकाइएको, छानबिन समितिहरुले पनि दोषी नखोजेको र प्रधानमन्त्री भने बिजुलीको पोलमा तस्बिर टाँग्न व्यस्त भएको प्रति असन्तोष व्यक्त गरिएको थियो । आफूहरु कतैबाट परिचालित नभएको, आधा राज्य पनि नमागेको र केवल निर्मलाको हत्यारा मात्रै चिन्न खोजेको कवि अमित घिमिरेले बताउनुभयो । ‘हामीले सरकारको विरोध गरेका हैनौं, बरु निमुखाको समर्थन गरेका हौं ।’ कवि घिमिरेले भन्नुभयो ‘सरकारले दोषी नदेखाउनाले प्रहरी, सेना, शिक्षक, नेता लगायत सबै वर्गको अनुहारमा बलात्कारी देखिएकोले सो दाग मेटाउन पनि सरकारले अपराधी लुकाउनु हुन्न ।’
कार्यक्रममा सहभागीहरुले पनि निर्मलाले छिटै न्याय पाउनुपर्ने बताउनुभयो । कविता वाचन गर्ने कविहरुले निर्मलाको न्यायको अपिल गरीएको टिसर्ट समेत लगाएका थिए । अमित घिमिरे, जीवन श्रेष्ठ, डम्बर रसिक भारती, किशमा किशोर, सुरेश बुढाथोकि ‘फकीर’, सुन्दर शिरीष, विजय नेपाल, शुशिल आचार्य,  हेमन प्रधान,  सदिना कुँइकेल, केदारनाथ दुलाल लगाएतका कविहरुले आ—आफ्नो कविता वाचन गर्नुभएको थियो ।
शब्द सारथीको नियमित शृङ्खला हरेक शुक्रबार गरिने गरेको भएापनि यो अंक भने विषेश अंकको रुपमा विहीबार नै सम्पन्न गरिएको कवि जीवन श्रेष्ठले बताउनुभयो । यो शब्द सारथीको नवौं शृङ्खला हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.