प्रेस काउन्सिल नेपालको ‘जनकपुर घोषणापत्र’


 लोकप्रिय समचार
पे्रस काउन्सिल नेपालको जारी  पुर्ण बैठक  आइतबार सम्पन्न भएको छ ।धनुषा जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक नगरी जनकपुरमा यही मंसिर २०, २१ र २२ गते सम्पन्न प्रेस काउन्सिल नेपालको पूर्ण बोर्ड बैठकले विभिन्न निर्णयसहित ‘जनकपुर घोषणापत्र’ जारी समेत जारी  गरेको छ ः     
 . प्रेस काउन्सिल नेपालमा प्रेस स्वतन्त्रता अनुगमन संयन्त्र स्थापना गरी प्रेस स्वतन्त्रता हनन्का घटनाको अनुगमन गरिने भएको छ  यसका लागि उपसमिति र कार्यविधि बनाइनेभएको छ ।
 पत्रकार आचारसंहिता उजुरी सुनुवाइ र कारवाहीसम्बन्धी कार्यनीति पारित गरिएको छ । प्रेस काउन्सिल नेपालका सूचना अधिकारीसहप्रशासकीय अधिकृत दीपक खनाल का अनुसार
 श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई वर्गीकरण नगरिने र
सरकारबाट उपलब्ध हुने सेवा–सुविधा नदिन सम्बन्धित निकायलाई सिफारिस गरिने निर्णय भएको छ ।   सर्वाेच्च अदालतबाट फैसला भइसकेको समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि आवश्यक पहल गरिने निर्णय भएको छ ।वरिष्ठ पत्रकार सम्मान–वृत्तिको व्यवस्था गर्न तथा पत्रकार स्वास्थ्य वीमाका लागि प्रेस काउन्सिल नेपालबाट नेपाल सरकारसँग समन्वय गरेर काम गर्ने निर्णय भएको छ । प्रेस काउन्सिल नेपालले पत्रकारलाई प्रदान गर्ने उपचार खर्च दोब्बर बनाइने निर्णय भएको छ ।    ऐतिहासिक भूमि जनकपुरको पवित्र धार्मिक, पर्यटकीय एवं साँस्कृतिक विकास, प्रवद्र्धन र संरक्षणका लागि कलम चलाउन सम्पूर्ण आमसञ्चारमाध्यमलाई आग्रह समेत बैठकले गरेको छ  । र त्यँहाको विकास, प्रवद्र्धन र संरक्षणमा गम्भीर बन्न नेपाल सरकारसहित सरोकारवाला सबैमा आव्हान गरेको छ । साथै, यसका निम्ति काउन्सिलकोे तर्फबाट सक्दो योगदान दिन प्रेस काउन्सिल नेपाले प्रतिवद्धता समेत व्यक्त गरेकोछ  ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.