सिन्धु पत्रकार महासंघको साधरण सभा सम्पन्न

आफूले पाएको अधिकारलाई सदुपयोग गर्दै जाँदा अरुको अधिकारलाई पनि  समानताका आधारमा हेरेर काम गर्नुपर्ने प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ले बताउँनु भएको  छ ।  


सञ्चार क्षेत्रले मानविय रक्तसञ्चारको  भूमिका निर्वाह गरेको बताउँदै देश निर्माणमा  सञ्चारकर्मीहरुको  ठुलो भुमिका हुने बताउँनु भयो ।  महासंघको २५ औं साधारणसभाको सिन्धुपाल्चोकमा उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । सो अवसरमा अवसरमा महासंघ सिन्धुपाल्चोकका पूर्व सभापति ऋषिराम पौड्याललाई सिन्धु पत्रकारिता सम्मान २०७५ द्वारा सम्मान गरिएको थियो । भने विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा समर्पित युवराज पुरी, रामकृष्ण थापा चन्द्रकला खत्री, प्रमोद न्यौपाने नानीराम नेपाल लगाएत ६ सञ्चारकर्मीलाई  पुरस्कृत गरेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो । महासंघका अध्यक्ष महेश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महासंघका सदस्यहरुका साथै सरकारी तथा गैरसरकारी संस्थाहरुको  उपस्थिति रहेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.