इन्द्रावतीमा फुटवल खेलको प्रशिक्षण सुरु

दिपिन ढुङ्गाना/सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा अखिल नेपाल फुटबल सँघको प्राविधिक तथा गाउँपालिकाको सहयोगमा १२ देखि १५ बर्ष उमेरका ६६ पुरुष तथा २२ महिला सहभागि प्रशिक्षणको हिजो उद्घाटन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल सँघका अध्यक्ष कर्मा छिरिङ शोर्पाले इन्द्रावति गाउँपालिकाको फुटबल क्षेत्रको विकाको लागि आफुले सहयोग गर्ने बताउनुभयो ।  कार्यक्रममा इन्द्रावति गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले फुटबलको क्षेत्रमा आफ्नो करीअर बनाउन चाहने ब्यक्तिको ब्यक्तित्व विकासको लागि  गाउँपालिका लागि पर्ने बताउनुभयो । 
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद रोक्काले खेलकुद क्षेत्रको विकास तथा प्रर्वद्धन र नव प्रतिभाको प्रस्फुटन गराउन गाउँपालिका लागि पर्ने बताउनुभयो । अखिल नेपाल फुटबल सँघका अध्यक्ष कर्मा छिरिङ शोर्पा र गाउँपालिका अध्यक्ष वंशलाल तामाङले हिजो संयक्त रुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिरा लामा, अखिल नेपाल फुटबल सँघका उपाध्यक्ष विर बहादुर खड्का, जिल्ला खेलकुख विकास समितिका अध्यक्ष शिव देउजा, लगाएत वडा अध्यक्ष हरुको उपस्थिति रहेको थियो ।
उक्त प्रशिक्षण कार्यक्रम आगामि फागुन १० गते सम्म चल्ने इन्द्रावति गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङका प्रेस सल्लाहकार दिनेश चौलागाइले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.