स्वयम्सेवक दिवसमा १० जना सम्मानित

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा बुधबार  चौतारा सांगाचोकगढि नगरपालिकाले उत्कृट काम गर्ने १० जना स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।
कार्यमुल्याङ्कनको आधारमा साविकका १० गाविसबाट उत्कृष्ट काम गर्ने १० स्वयम सेविकालाई सम्मान गरीएको नगरपालिका स्वास्थ्य ईकाइ संयोजक शिव पुरीले जानकारी दिनुभयो । सम्मानित हुन स्वयमसेविकाहरुमा साविक चौतारा गाविसबाट  लक्ष्मि पौडेल, ईर्खुबाट हिरा देवि श्रेष्ठ, ठुलोसिरुवारीबाट सुनिता गिरी, कदमबासबाट मनमाया तामाङ, पिपलडाडाबाट उखु कुमारी कुवर, कुविण्डेबाट शृजना श्रेष्ठ रहेका छन् ।
यसैगरी बतासेबाट मनमाया तामाङ, स्याउलेबाट सुनिता तामाङ, सानुसिरुवारीबाट कमला तामाङ, र सांगाचोकबाट माया माझि रहनुभएको छ । यसैगरी नगरपालिकाले परीवार स्वास्थ्य माहाशाखाले ७७ वटै जिल्लामा पठाएको परीपत्र अनुसार दोहोरो सुविधामा रहेका १२ स्वयमसेविकाहरुलाईसम्मानका साथ विदाई गरेको छ । शिक्षिका, कार्यलय सहयोग ,गाउमा नवसि अन्य स्थानमा वस्ने तर जिम्मेवारीमा रहिरहेका १० जना स्वयमसेविकालाई सेवा अवधिको सम्मान गर्दै विदाई गरेको छ ।
चौतारा टुडिखेलबाट यालि सहित गएको कार्यक्रम ५ नम्बर वडामा पुगि औपचारकि कार्यक्रम गरीएको थियो । कार्यक्रमको प्रमुख अतिथी  चौतारा सागाचोक गढि नगरपालिकाका प्रमुख अमानसिं तामाङ, बिशेष अतिथी उपप्रमुख जानुका पराजुलि, लगायत सरोकारवालाहरु तथा बिभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुसमेतको  उपस्थित रहेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.