छाडा चरिचरन रोक्न आग्रह

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर ४ ले साविक नवलपुर गाविस १–९ सम्मको क्षेत्रमा छाडा चरिचरन रोक्न आग्रह गरेको छ । वडा नम्बर ४ को कार्यालयले यो सूचना यहि मंसिर २८ गते सर्वजानिक गरेको हो ।
हिउदे फालफुल, तरकारी लगायत का हिउदे बाली हरुमा कृषक आकर्षित गर्न नीजि जग्गामा छाडा चरिचरन रोक्नुपर्ने वडा नम्बर ४ का वडाध्यक्ष जगतमान ताल्चाभडेलले बताउनुभयो । बेवास्ता गरेको पाइएमा ठुला जातका पशुहरु (गाई, भैंसी, गोरु) छाडा चराएमा रु ५०० जरिवाना त्यस्तै साना जातका पशुहरु (खसी, बाख्रा, बोका, सुङगुर) छाडा चराएमा रु ३०० जरिवाना गरिने छ।साथै अटेरी गरि कसैले यस्तो कार्य गरेको पाइएमा बाली क्षति भएमा वडा सदस्य को रोबरमा क्षतीको अनुगमन गरि आवश्यक कारबाही गरिने वडा कार्यालयले जनाएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.