खानेपानी आयोजना स्थानीयलाई हस्तान्तरण

भुकम्पपछि स्वच्छ खानेपानीको अभाव झेल्दै आएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५ सिन्धुकोटका १०९ घर धुरीका ५४५ जनामा स्वच्छ खानेपानीको सुबिधा पुगेको छ ।
ठुलो मुसुरे खानेपानी आयोजनाको  उद्घाटन तथा हस्तान्तरण कार्यक्रम ३ न. प्रदेशका सामाजिक विकास मन्त्री यूवराज दुलाल को प्रमुख आतिथ्यतामा सम्पन्न  भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि दुलालले खानेपानि तथा अन्य आयोजनाहरु निर्माण गरेर सकिएको केहि समयमानै बिग्रने समस्याहरु बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

उहाँले खानेपानि निमार्ण भइसकेपछि उपभोक्ता हरुले नै संरक्षण गर्नु पर्ने बताउनुभयो । महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा ४५ लाख ८९ हजार ४८ रुपैया लागतमा आयोजना सम्पन्न भएको हो । कार्यक्रमका बिशेष अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख भगवति नेपालले सिन्धु उपत्यकालाइ धान उत्पादनको पकेट क्षेत्रको रुपमा बिकास गर्न गुरुयोजना बनाउन लागिपर्ने बताउनुभयो । साथै नेपालले कृषि उर्वर क्षेत्रमा बस्ति निमार्ण नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ५ का वडा अधयक्ष सुर्दशन लुइटेलले खानेपानि निमार्ण समितिले खानेपानि संरक्षण कोष स्थापना गर्न लागिएकोमा खुसि ब्यक्त गर्दै आगामि दिनमा वडा कार्यालय बाट गर्नुपर्ने सहयोगका लागि आफु सधै तत्पर रहेको बताउनुभयो । महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा ४५ लाख ८९ हजार ४८ रुपैया लागतमा आयोजना सम्पन्न भएको हो ।
कार्यक्रममा ने क पा जिल्ला अध्यक्ष झम्क नेपाल, मेलम्ची खानेपानी आयोजना का बोर्ड सदस्य चन्द्र ब. थापा, हेसोमेसोका उपाध्यक्ष चिरन तामाङ, अक्सफामका कार्यक्रम व्यबस्थापक अनिता साह, महिला आत्मनिर्भरता केन्द्रका उपाध्यक्ष कल्पना चालिसे, कार्यक्रम ब्यबस्थापक कृष्ण ब. गुरुङ लगायतको उपस्थिति रहेको थियो । खानेपानि हस्तान्तरण पछि सिन्धुकोटका स्थानीयहरुले खुसि ब्यक्त गरेका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.