लोकप्रियको विज्ञापन निःशुल्क रेडियोमा

लोकप्रिय नेत्रज्योती सञ्चार समुहले बाह्रबिसेमा १०६.६ मेगाहर्ज रेडीयो सञ्चालनमा ल्याएको छ । लोकप्रिय समचार राष्ट्रिय दैनिकसँगै  लोकप्रिय अनलाइन पत्रिका समेत सञ्चालन गरिरहेको अवस्थामा बुधबारदेखि चौताराको प्लानेट ८९.१ रेडीयो पनि सञ्चालन गर्न लागेको छ । 
लोकप्रिय समाचार राष्ट्रिय दैनिकका साथै अब समूहसँग रेडीयो अनलाइन पत्रिका पनि आबद्ध भएका छन् । यससँगै लोकप्रिय राष्ट्रिय दैनिकमा बिभिन्न ठाउँबाट दिँदै आएको बिज्ञापन अब बाह्र्रबिसेको १०६.६ मेगाहर्ज र चौताराको ८९.१ मेगाहर्ज रेडीयोबाट पनि सहयोग स्वरुप समयानुकुल विज्ञापन प्रशारण गर्ने व्यवस्था मिलाएको छ । त्यसैगरी बाह्रबिसेबाट प्रशारण भएको १०६.६ मेगाहर्जमा  र चौताराको ८९.१ मेगाहर्जमा वार्षिक विज्ञापन दिनेकोे लागी लोकप्रिय समाचार दैनिकमा पनि समयानुकुल सहयोगस्वरुप बिज्ञापन प्रकाशन गरिने सहमती भएको छ ।
लोकप्रिय समचार दैनिकपत्रिकाका प्रबन्ध निर्देशक रामु  गैरेले  सिन्धुपाल्चोकै पहिचान बोकेको रुवतन्त्र र निश्पक्षरुपमा प्रकाशन हुँदै आएको जिल्लाको एक मात्र राष्ट्रिय दैनिक पत्रिकालाई माया गरेर बिज्ञापन दिने बिज्ञापन दाताहरुलाइ प्रोत्साहन स्वरुप पत्रिकासँग आबद्ध रहेका रेडीयोहरु मार्फत पनि बिज्ञापन तथा सुचना प्रकाशित गरेर प्रोत्साहन दिनका लागी यो योजना ल्याइएको बताउनुभएको छ ।
बाह्र्रबिसेबाट लोकप्रिय नेत्रज्योती समचार समुहले  १०६.६ मेगाहर्ज संचालन गरिरहेको छ भने चौताराबाट लोकप्रिय समचार दैनिकको ब्यबस्थापनमा रेडीयो प्लानेट सञ्चालन हुने भएपछि पत्रिकाले यो अबशर प्रदान गरेको हो । 

,
Lokpriyasamachar@. Powered by Blogger.