पुस१५,१६,र १७गते ऐतीहासिकगुफाडाँडा,मेलम्चीमा

नेत्र बहादुर बस्नेत ,  सिन्धुपाल्चोक जिल्लामा यही पुस१५,१६,र १७गते ऐतीहासिक रुपमा ७७ वटै जिल्लाका प्रमुख उपप्रमुख र सिङ्गो सरकारको उपस्थितीमागुफाडाँडा,मेलम्चीमा सम्मेलन हुदै छ ।

सिन्धुपाल्चोक जिल्लाकै इतिहास लेख्न सकिने गरि हुन लागेको यो ऐतीहासिक सम्मलेनको  योजनाकार जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ्ग ले जिल्लाको पहिचानका लागी  पनी यो सम्मेलन  भब्यताका साथ सम्पन्न गराउँन सम्पुर्ण जिल्ला बासी लागी पर्न पर्ने बताउँनु भएको छ ।
सिन्धुपाल्चोक जिल्ला  को निर्बाचन क्षेत्र नं २ प्रतिनिधी सभा सदस्य पुर्ब मन्त्री शेर बहादुर तामाङ्गले जिल्लाको  पहिचानको लागी  पनी यो सम्मेलनको छुट्टै महत्व बोकेको हुँदा यसलाइ सबै जिल्लाबासीले पुर्ण रुपमा आफै आयोजकको  जिम्मेवारीमा रहेको सम्झेर सहयोग गर्न पर्ने बताउँनु भयो ।
  उाँहले बिशेष गरि सिन्धुपाल्चोकको एक पर्यटकीय स्थलमा  देश भरीका जन प्रतिनिधीहरु  भेला हुनु पनी सिन्धुबासीको ठुलो  शौभाग्य रहेको बताउँनु भयो । खाश गरी जिल्लाको  १२ वटै स्थानीय तह  र जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यलयहरुले यसलाइ बिशेष    महत्वका साथ सहयोग गर्ने प्रतिबद्धता जनाइ रहेका छन ।
  जिल्ला सम्मवन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले जिल्लाको पहिचानका साथै जलवायु परिवर्तन यसको असर, न्युनिकरण र अनुकुलनको योजना निर्माणमा सरोकारवालाहरुलाईसुसुचित गराउने र कार्यान्वयनको लागि सहज वातावरण वनाउने ,जलवायु परिवर्तनले पार्न सक्ने असर प्रभावका सन्दर्भहरुलाई समुदाय तह देखि राष्ट्रिय तहसम्म
वहसको विषय बनाई जलवायु मैत्री योजना निर्माणको लागि मार्ग निर्देश गर्ने ,.जलवायु परिवर्तनका कारण लोप हुन गएका कृषि,जलस्रोत,वन तथा जैविक विविधताको एकिकृतव्यवस्था द्धारा अनुकुलित वातावरण निर्माणको पहल गर्ने  सिन्धु घोषणा पत्र जारी गर्ने  लगाएतका  यसको मुख्य उद्धेह्य रहेको छ ।
यो सम्मेलनले जलवायु परिवर्तन न्यूनिकरण र अनुकुलनका योजनाहरु निर्माणको आवश्यकताको बोध हुनेस्थानिय तहको योजनामा मुल प्रवाहीकरण गर्न सहयोग गर्ने जलवायु परिवर्तनका कारणले कृषि,जलस्रोत,वन तथा जैविक विविधतामा पारेको असर र
एकिकृत व्यवस्थापनमा सुसुचित हुने   देशलाईजलवायु मैत्री
उन्मुखदेश हुनको लागि मद्दत गर्नेजलवायु परिवर्तनसंगै अनुकुलित योजना निर्माण र परिवर्तन न्यूनिकरणका गतिविधिहरु संचालन
गर्नको लागि निति निर्माण एवं परिमार्जन र कार्यान्वयनमा सरोकारवालाहरुलाई निर्देशित गर्ने . जिल्ला समन्वय समितिको  ७७ जिल्लाकै प्रमुख  र उपप्रमुख सहाभागी प्रतिनिधि  हुने हुँदा जलवायु
परिर्वतनको असर प्रभावको न्यूनिकरणको सन्देस पुग्ने  जस्ता उपलब्घी हरु हुने  मुख्य योजनाकार तथा ब्यबस्थापकीय जिम्मेवारी बहन गरिरहेको जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकको ठम्याइ रहेको छ । यसका लागी आयोजक मुलसमारोह समिति समेत गठन गरिएको छ जसमा  जिल्ला समन्वय समिति महासंघ नेपाल केन्द्रिय कार्यलय ,जिल्ला समन्वय समिति सिन्धुपाल्चोक , मेलम्ची नगर पालिका, ईन्द्रावती गाउँ पालिका, पाँच पोखरी गाउँ पालिका ,हेलम्बु गाउँ पालिका ,चौतारा सागाँचोकगढि नगर पालिका, जुगल गाउँ पालिका, बलेफि गा.पा., सुनकोशी गाउँ पालिका,भोटेकोशी गाउँ पालिका, लिसंखुपाखर गाउँ पालिका , त्रिपुरासुन्दरी गाउँ पालिका, बाह«बिसे नगर पालिका , जिल्ला प्रसाशन कार्यालय , जिल्ला प्रहरी कार्यालय ,शसस्त्र प्रहरी वल , जिल्ला वन कार्यालय , सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा सिन्धुपाल्चोक , शिक्षा विकास तथा समन्वय ईकाइ , खानेपानी तथा सरसफाई डिभिजन कार्यालय , जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल पत्रकार महासंघ, गै.स.स. महासंघ
, जनजाती महासंघ ,उद्योग वाणिज्य संघ, निर्माण व्यवसायि संघ , क्रशर उद्योग व्यवसायि संघ जिल्ला शाखा सिं.पा., हाईड्र पावर तथा लघूजल विद्युत आयोजनाहरु , जिल्ला लघू उद्यम संघ, गै.स.स. तथा समन्वय संस्थाहरु ः ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सा.उ.का. संचालन समिति, सामुदायिक विकास तथा वातावरण संरक्षण मन्च, ग्रामिण महिला सिर्जनशिल परिवार, महिला आत्म निर्भरता केन्द्र, जनहित ग्रामिण सेवा समिति, टुकिसंघ सुनकोशी, आस्रो नेपाल, सेवक नेपाल लगाएत रहेका छन । त्यसै गरी बिभिन्नउप समितीहरु समेत गठन भएको छ जसमा आर्थिक तथा श्रोत ब्यवस्थापन समिति ,अतिथि सत्कार समिति, प्रचार प्रसार तथा सुचना समिति, साँस्कृतिक विभाग, मन्च तथा कार्यक्रम स्थल व्यवस्थापन समिति, आवास व्यवस्थापन समिति ,  भान्छा ब्यबस्थापन समिति , यातायात तथा पार्किङ ब्यबस्थापन , शान्ति सुरक्षा ब्यबस्थापन समिति ,स्बयंमसेवक  तथा स्वास्थ्य ब्यबस्थापन समिति , तथ्यांक संकलन तथा विज्ञ समुह लगाएतका छन ।
बिगतमा काठमाण्डौको सुबिद्या सम्पन्न होटलहरुमा गरिने कार्यक्रम  भन्दा राम्रो र स्तरिय बनाउँनका लागी जिल्ला सम्मन्वय समितीले बिशेष पहल कदमी गरिरहेको छ ।  बिगतका बर्षहरुमा प्राय गरेर पाँचतारे होटलहरुमा  गरिने यस्ता कार्यक्रम यस बस बर्ष प्रत्यक्ष रुपमा  जलबायु सँग सरोकार रहेको स्थानमा गरेर स्थलगत तथा एक प्रकारले भन्ने हो भने प्रयोगात्मक  ढङ्गले सिन्धुपाल्चोकमा गर्नका लागी जिल्ला सम्मन्वय समितीले खेलेको यो भुमिकाको सबत्र प्रशंशा गरिएको छ ।








, , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.