दुलालेश्वरको वार्षिक साधारणसभा सम्पन्न

दुलालेश्वर बचत तथा ऋण सहकारी संस्था लि. दोलालघाटको दशौ बार्षिक  साधारणसभा एवम् ११ औं स्थापना दिवस  शुक्रबार सम्पन्न भएको छ ।


सभालाई पुर्व श्रमराज्य मन्त्री गोबिन्दनाथ उप्रेतीले उद्घाटन गर्नु भएको थियो । सभामा विशेष अतिथी भुम्लु गाउँ पालिका वडा न ८ का वडा अध्यक्ष मोती लामा र संस्थापक अध्यक्ष सुरेश कुमार कक्षपति हुनु हुथ्यो ।

अतिथिहरुमा दुलालेश्वर माविका प्राचार्य अशोक चन्द्र झा, दुलालेश्वर क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठ, उधमशिल साकोसका अध्यक्ष गोबिन्दप्रसाद पराजुली, स्ट्याण्डर साकोसका व्यवस्थापक सुन्दर श्रेष्ठ, सिंहदेबि कृषि साकोसका अध्यक्ष सुमन जनिमरु, चांखोला कृषि साकोसका व्यवस्थापक लालबहादुर तामाङ, सिंहदेवी प्राविका प्रअ कमलनारायण श्रेष्ठ, सरस्वती प्राविका प्रअ कृष्णमान लामा एवम् स्थानिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आतिथ्यता ग्रहण गरी संस्थाको सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

सभाका सभापति बलराम श्रेष्ठले सभाको सभापतित्व गर्दै  संस्थाले गरेका कार्य नीति र आगामी दिन संस्थालाई अझ अगाडि बढाउन संस्थाले निभाउनु पर्ने भुमिकाको रणनीति बारे बताउनु भएको थियो । स्वागत मन्तब्य उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठले दिनु भएको थियो ।

सचिव एकराज श्रेष्ठ, कोषाध्यक्ष ओम प्रधान र लेखा समिति संयोजक रन्जु कुमारी झाले  संस्थाले गरेका गतिविधिको बारेमा आ–आफ्नो प्रतिवेदन मार्फत जानकारी गराउनुभएको थियो ।

संस्थामा नियमित बचत तथा खुत्रुके बचत, बाल बचत, बम्पर मुद्धती बचत, अन्य मुद्धती बचत, जेष्ठ नागरिक बचत, शेयर वृद्धि जस्ता कार्य गरी संंस्थालाई आर्थिक रुपमा उन्नती तवरबाट बलियो बनाइ शेयर सदस्यहरुको लागि आन्तरिक विमा कोष सञ्चालन, एकल महिला तथा ६० वर्ष नाघेका वृद्धवृद्धालाई सम्मान भत्ता, शेयर सदस्यका बच्चाहरुलाई टिफिन, सहुलियत ब्याजदरमा स्वास्थ, सुत्केरी तथा किरिया कर्जा  जस्ता सामाजिक नौला कार्यक्रमहरु ल्याइ शेयरधनीहरुलाई लावान्वित बनाउने कार्य संस्थाले गरिरहेको प्रतिवेदनहरुबाट प्रष्ट भएको देखिन्छ   ।

सभामा शेयर सदस्यहरु बिचका  असल ऋणी, असल बचत, असल मुद्दती बचत, असल बाल बचत, असल वृद्ध बचत, असल बिशेष बचत तथा शेयर धनिका परिवारबाट एसएलसीमा उत्कृष्ट अंक ल्याइ उतिर्ण हुने छात्रा छात्रलाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो ।
बहुसंख्य शेयरधनीहरुको उपस्थिति रहेको सो सभामा बम्पर उपहार चिठ्ठा कार्यक्रम गरी कार्यक्रमका साथ आगामी वर्षमा शेयर सदस्यहरुको हितलाई मध्य नजर गर्दै शेयर पुँजी वृद्धि गर्ने, लगानी बृद्धि गर्ने, आन्तरिक बिमा कोष बलियो बनाइ खडा गर्ने, अन्य व्यवस्थापन कोषहरु खडा गर्ने तथा अपाङ्ग शेयर सदस्यहरुलाई सम्मान भत्ता, वृद्ध तथा एकल महिला (शेयर सदस्य)लाई मासिक एक सयले सम्मान भत्ता थप गर्न आवश्यक  आम्दानीको स्रोत बढाउने कार्यक्रमहरुलाई लक्षित गरि अझ प्रभावकारी ढंगबाट आगामी आवमा प्रस्तुत हुने बारेमा सचिवले प्रतिवेदनमा  प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लवको मुख्य आयोजनामा रक्त दान जीवन दान भन्ने उधेश्यका साथ रेडक्रस सोसाइटी ब्लड बैंक बनेपाको विशेष सहयोगमा एक दिने   रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । सो कार्यक्रमलाई भुम्लु गाउँ पालिका वडा न ८ र १० का वडा अध्यक्ष मोती लामा र चित्रबहादुर लामाले प्रमुख आतित्यथा ग्रहण गर्दै उदघाटन गर्नुभएको  थियो ।
सो कार्यक्रममा वडा अध्यक्ष मोती लामा सहित सहित २५ जनाले रक्तदान गनुभएको थियो ।

रक्तदान कार्यक्रममा दुलालेश्वर क्लवका उपाध्यक्ष उद्वव खरेल, कोषाध्यक्ष सुन्दर श्रेष्ठ  , दुलाललेश्वर साकोसका अध्यक्ष बलराम श्रेष्ठ , बुहारी समुहका अध्यक्ष रन्जु कुमारी झा ,कोषाध्यक्ष पुन्यवति जोशी श्रेष्ठ   एंव  अन्य सदस्यहरुले पनि सहभागिता जनाएको थियो।

,
Lokpriyasamachar@. Powered by Blogger.